• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १२, मंगलवार २१:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि विकसित परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो।

    प्रधानमन्त्री कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत गरिने उल्लेख गरिएको छ।

    घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरिसकेको र समितिले काम सुरु गरिसकेको पनि विज्ञप्तिमा जनाइएको छ। सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उक्त समितिले यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसमेत सिफारिस गर्नेछ।

    सरकारले पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने प्रतिबद्धता दोहोर्याएको छ।

    ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव हुँदैन भन्नेमा नेपाल सरकार पूर्ण रूपमा विश्वास गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

    सरकारले धार्मिक तथा साम्प्रदायिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिमा संलग्न नहुन, उत्तेजक अभिव्यक्ति वा भ्रामक सूचना नफैलाउन र त्यस्ता सूचनाबाट प्रभावित नभई संयमता अपनाउन सबैमा आग्रह गरेको छ।

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कायम राख्दै त्यसमा खलल पुर्‍याउने गतिविधिबाट टाढा रहन तथा अफवाह र भ्रामक सूचनाको पछि नलाग्न नेपाल सरकार सबै सम्बद्ध पक्षसँग हार्दिक अपिल गर्दछ।’

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार २१:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.