• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १३, बुधबार ०९:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, १२ साउन । लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न ठाउँमा प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको विवरण अनुसार बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग लगायतका प्रमुख सडक खण्डहरूमा यातायात सेवा प्रभावित बनेको छ।

    काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढी र पहिरोलाई मध्यनजर गर्दै दैनिक राति ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा लगाइएको रोकलाई निरन्तरता दिइएको छ।

    यद्यपि, बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारीसाधनहरू सुचारु रहनेछन्। त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण असुरक्षित भएपछि रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ, जसअनुसार दैनिक बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी आवतजावत बन्द रहनेछ।

    इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९, राजदुवालीमा वर्षाका कारण बाटो हिलो भएर सवारीसाधन चल्न नसक्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। तर सो स्थानमा वैकल्पिक बाटोको भने व्यवस्था गरिएको छ।

    यता सिन्धुपाल्चोकको अरनिको राजमार्गमा पनि भोटेकोशी गाउँपालिका-४ को जिरोकिलो र वडा नम्बर २ कोदारीको ईकु पहिरोमा सडकमाथिबाट पहिरो तथा लेदो खसेका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

    दोलखाको लामोसाँघु-रामेछाप राजमार्ग अन्तर्गत तामाकोशी गाउँपालिका-५ किर्नेटारमा तामाकोशी खोलाले सडक कटान गरेपछि यातायात अवरुद्ध भएको छ। तर खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसरबाट वैकल्पिक बाटो खुलाइएको छ।

    रसुवाको पासाङ ल्हामु सडक खण्ड अन्तर्गत उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित कच्ची सडकमा त्रिशूली नदीले सडक मुनिबाट कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने म्याग्दीको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा लेदोसहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा बन्द भएको छ।

    प्रहरीले यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे राम्रोसँग जानकारी लिएर मात्रै निस्किन र उच्च सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ श्रावण १३, बुधबार ०९:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.