• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मोरङ प्रशासनअघि नाराबाजी र प्रदर्शन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार १३:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विराटनगर । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि प्रदर्शन गरिएको छ।

    प्रदर्शनकारीहरू मेनरोडस्थित हनुमान मन्दिर क्षेत्रबाट नाराबाजी गर्दै ज्ञापनपत्र बुझाउन प्रशासन कार्यालय पुगेका थिए। उनीहरू कार्यालयको मुख्य गेटमा पुगेपछि सुरक्षाकर्मीले ब्यारिकेड खडा गरी प्रवेश रोकेका छन्। सम्भावित अप्रिय अवस्था रोक्न प्रशासन कार्यालय परिसरमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।

    देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो भने गोली लागेर घाइते भएका अन्य केही व्यक्तिको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

    दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनापछि सुनसरीका विभिन्न स्थानमा प्रदर्शन, तोडफोड तथा आगजनीका घटना भएका छन्।

    यता, साम्प्रदायिक तनावपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज–कप्तानगञ्जसहित प्रभावित क्षेत्रमा जारी गरेको कर्फ्यु बिहीबार पनि यथावत् राखेको छ। प्रशासनले साउन १२ गते राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको थियो, जुन अझै कायम छ। कर्फ्युका कारण प्रभावित क्षेत्रमा जनजीवन प्रभावित बने पनि जिल्लाका अन्य स्थानमा अवस्था सामान्य रहेको जनाइएको छ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १३:३२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.