• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीलाई उन्मुक्ति छैन : प्रधानमन्त्री

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १४, बिहीबार २०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष, पारदर्शी र कानुनबमोजिम अनुसन्धान हुने बताएका छन्। घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्किन नदिने सरकारको प्रतिबद्धता उनले दोहोर्‍याएका छन्।

    बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनाले मुलुकमा उत्पन्न गरेको तनावप्रति सरकार गम्भीर रहेको बताए। अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात नहुने र सत्यतथ्य सार्वजनिक गरिने विश्वास उनले व्यक्त गरे।

    ‘म सम्पूर्ण नागरिकलाई विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकार दृढ रूपमा प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले भने।

    उनले वर्तमान परिस्थितिमा सबै नागरिकलाई संयमित हुन आग्रह गर्दै सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

    प्रधानमन्त्री शाहले देशमा देखिएको असहज अवस्था अन्त्य गर्न सरकारको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सम्पूर्ण नागरिकको सहकार्य आवश्यक रहेको बताए।

    ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्छ,’ उनले भने।

    प्रधानमन्त्रीले सरकारले शान्ति–सुरक्षा कायम राख्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

    Post Views: 38
    प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार २०:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.