• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुनसरी घटनाः मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १५, शुक्रबार ०६:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबिच सहमति भएको छ । गत आईतबार राति भएको घटनामा मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताका अभिभावक र गृह मन्त्रालयबिच हिजो राति ७ बुँदे सहमति भएको हो ।

    गृहमन्त्री सुधन गुरुङसहित बसेको वार्तापछि भएको सहमतिमा पीडित पक्षले राखेका विभिन्न मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता सरकारले जनाएको छ । सहमति अनुसार मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई नेपाल सरकारले सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुन बमोजिम तत्काल कानुनी कारबाही अगाडि बढाइनेछ ।

    त्यस्तै मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने सहमति पनि भएको छ । सहमतिपत्रमा पीडित परिवारको तर्फबाट ओम प्रकाश मेहताका अभिभावक र जय प्रकाश मेहताका अभिभावक नरेश मेहता रसरकारको तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् ।

    देवानगञ्जको कप्तानगञ्जमा प्रहरीको गोलीबाट सर्वसाधारण मारिएपछि सुरु भएको तनाव साम्य पार्न भएको छलफलमा सहभागीहरुले गृहमन्त्री गुरुङको उपस्थिति खोजेका थिए । तर उनले आफ्ना पीएलाई पठाएका थिए ।

    मधेश र कोशी प्रदेशका जिल्लामा हिंसात्मक घटना बढिरहेको बेला पनि गृहमन्त्री चुप बसेको भन्दै आलोचना भएपछि गुरुङ हिजो स्थलगत अनुगमनमा निस्केका थिए ।सरकारले तनाव रोक्न समयमै पहल नगर्दा हिंसा अन्य जिल्लामा फैलिएको भन्दै कतिपयले गृहमन्त्रीको राजीनामा माग्न थालिसकेका छन् ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०६:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.