• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १६, शनिबार १६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विपद्का समयमा केवल भावना पर्याप्त नहुने भन्दै उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सीप, क्षमता र ज्ञानमा आधारित जनशक्ति आवश्यक पर्ने बताएका छन्। उनले पार्टीका नेता–कार्यकर्तालाई आवश्यक तालिम लिएर सेवाभावका साथ विपद् व्यवस्थापनमा सक्रिय हुन आह्वान गरे।

    कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पूर्वतयारी तथा प्रतिकार्य केन्द्रित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजनीतिक नेतृत्वका लागि करुणा महत्वपूर्ण गुण भए पनि त्यसलाई व्यवहारमा उतार्न दक्षता अपरिहार्य रहेको उल्लेख गरे।

    उनले भने, “विपद्का बेला सहयोग गर्न चाहना मात्र पर्याप्त हुँदैन। ज्ञान, सीप र क्षमताले सम्पन्न जनशक्तिले मात्रै प्रभावकारी रूपमा सेवा गर्न सक्छ। त्यसैले कांग्रेसको नयाँ अभियानमा सहभागी सबैलाई यही विषयमा केन्द्रित भएर सेवाभावका साथ काम गर्न आग्रह गर्दछु।”

    कार्यक्रममा कांग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले विगतमा विपद्का घटनामा पार्टीले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेका अनुभव स्मरण गर्दै अब कांग्रेस उद्धार, राहत तथा अन्य सामाजिक कार्यमा संगठित र सक्रिय रूपमा अघि बढ्ने बताए।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १६:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.