• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दोस्रो राष्ट्रिय कोदो दिवसः कोदोप्रति दृष्टिकोण बदल्न जरुरी छ

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १७, आईतवार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कर्णाली । कोदो बालीको संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन भन्ने मूल नाराका साथ ‘दोस्रो राष्ट्रिय कोदो दिवस २०८३’ कर्णालीमा पनि भव्यताका साथ सम्पन्न गरिएको छ ।

    कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा विभिन्न साझेदार सङ्घसंस्थाहरूको सहकार्यमा शनिबार सुर्खेत वीरेन्द्रनगरमा सम्पन्न दिवसका वक्ताहरूले कोदोप्रतिको दृष्टिकोण बदल्नुपर्नेमा जोड दिइएको छ । उक्त अवसरमा मन्त्रालयका सचिव सञ्जीवकुमार कर्णले हाम्रो मौलिक पहिचान र औषधीय गुण बोकेको कोदोलाई गरिबको खानाका रूपमा हेर्ने गरिएको बताए ।

    उनले भने, “कोदो केवल गरिबले खाने खाना होइन, यो खाद्य तथा पोषण सुरक्षा सुरक्षित गर्ने महत्त्वपूर्ण बालीको हो । यसप्रति हेर्ने दृष्टिकोण बदल्न जरुरी छ । बरु यसको संरक्षण अपरिहार्य छ ।” कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा विकास गर्ने सरकारको अभियानमा कोदो र रैथाने बालीको उत्पादन वृद्धिले ठूलो सहयोग पुर्याउने सचिव कर्णले जिकिर गरे ।

    मन्त्रालयका बाली विकास अधिकृत विमला कुमारी खनालले कोदोको उत्पत्ति, उत्पादन र उपभोगका बारेमा दिवसकै अवसरमा यसको प्रवर्द्धन, चुनौती र भावी कार्यदिशासम्बन्धी प्राविधिक सत्र तथा कार्यपत्र प्रस्तुतिकरणसमेत गरिएको बताइन् । कर्णालीमा रैथाने बाली कोदोको मौलिक पहिचान, व्यावसायिक विकास र उपभोग बढाउन कार्यक्रमबाट टेवा पुग्ने उनले बताइन् ।

    प्रदर्शनीमा राखिएका कक्षहरूमा २० भन्दा बढी प्रकारका कोदोका स्वादिला र पौष्टिक परिकारहरू राखिएका थिए । स्टलमा कोदोको सेलरोटी, ढिँडो, मःम, केक र बिस्कुटलगायतका आधुनिक र परम्परागत परिकार प्रदर्शन गरिएको थियो ।

    कर्णाली प्रदेश अग्र्यानिक क्षेत्रका उद्यम गर्दै आएका उद्यमी कमल नेपालीले कोदोबाट करिब दुई दर्जनभन्दा बढी प्रकारका स्वादिष्ट परिकार बनाउन सकिने बताए । कोदोको व्यावसायिक विविधिकरण गरेर बजारमा लैजान सके युवाहरूका लागि स्वरोजगारको ठूलो अवसर सृजना हुने र कर्णालीको अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको भनाइ थियो । प्रदर्शनीमा कोदोको परम्परागत ढिँडोदेखि आधुनिक केकलगायत विभिन्न परिकार बनाएर राखिएको छ ।

    Post Views: 21
    प्रकाशित मिति: २०८३ श्रावण १७, आईतवार ०८:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.