• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्पेनको सेउटामा आप्रवासीको भीडमा कम्तीमा ७२ जनाको मृत्यु

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १८, सोमबार ०७:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सेउटा स्पेन । गत साता स्पेनको सेउटा क्षेत्रमा आप्रवासीहरूको ठूलो भीडलाई अघि बढ्नबाट नियन्त्रण गर्ने क्रममा आइतबारसम्म कम्तीमा ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    स्थानीय अधिकारीले आइतबार दिएको जानकारी अनुसार दशौँ हजार मानिसहरू मुख्यतया मोरक्कोबाट सीमा पोस्ट वरिपरि पौडी खेल्दै प्रवेश गरेका थिए ।

    स्पेनको उत्तर अफ्रिकी क्षेत्रमा प्रवेश गरेका अनुमानित ६० हजार मानिसमध्ये अधिकांश मोरक्को फर्किसकेका छन्। यो क्षेत्रको इतिहासकै सबैभन्दा ठूलो सामूहिक आप्रवासी प्रवेश थियो ।

    “हामीसँग भएको पछिल्लो तथ्याङ्कअनुसार ७२ जनाको मृत्यु भएको छ,” सेउटाका सरकारी प्रतिनिधि मिगुएल एन्जेल पेरेज त्रिआनोले पत्रकारहरूसँग मृत्युको सङ्ख्याबारे सोधिएको प्रश्नको जवाफमा भने ।
    यसअघिको तथ्याङ्कअनुसार त्यहाँ मृत्यु भएका आप्रवासीको सङ्ख्या ६७ थियो ।

    आइतबार स्पेनी प्रहरी र सैनिकहरूले सेउटाका सडकमा गस्ती गरिरहेको देखिन्थ्यो । मोरक्कोबाट आप्रवासीहरूको अचानक ठूलो आगमनपछि उक्त क्षेत्र सामान्य अवस्थामा फर्किरहेको छ ।

    सानो सीमा अवरोध पार गरेका अधिकांश व्यक्ति ४८ घण्टामै स्वेच्छाले मोरक्को फर्किएपछि साना समूह मात्र अझै हिँडडुल गरिरहेका थिए ।

    उक्त क्षेत्रमा भएको यो सबैभन्दा ठूलो आप्रवासीको भीडले स्पेनका लागि अन्तर्राष्ट्रिय सङ्कट सिर्जना गरेको छ र युरोपेली साझेदारहरूले म्याड्रिडको आप्रवासन नीतिको आलोचना गरेका छन्।

    एएफपी संवाददाताले बताएका छन्, “सेउटा बन्दरगाह नजिकैको आवासीय परियोजनाबाहिर स्पेनी सैनिकहरूले फुटपाथमा बसेका थकित देखिने नौ जना आप्रवासीको समूहलाई पक्रेका थिए। उनीहरूलाई सशस्त्र गाडीसहितका सैनिकले घेरेका थिए ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ श्रावण १८, सोमबार ०७:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.