• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ढल्यो ४०० वर्ष पुरानो भनिएको जुम्लाको देवदारको रुख

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १९, मंगलवार ०७:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कर्णाली । जुम्लाको तिला गाउँपालिका–३ लुम्सेरामा रहेको स्थानीयवासीले करिब चार सय वर्ष पुरानो मान्दै आएको विशाल देवदारको रूख ढलेपछि गाउँ शोकमग्न बनेको छ। पुस्तौँदेखि आस्था, इतिहास र प्राकृतिक सम्पदाको प्रतीकका रूपमा रहेको उक्त रूख ढल्दा स्थानीयले एउटा जीवित इतिहास नै समाप्त भएको अनुभूति गरेका छन्।

    स्थानीय ६६ वर्षीय कालिका भट्टराईका अनुसार धार्मिक आस्थाको केन्द्र मानिएको देवदार साउन १७ गते आइतबार ढलेको हो। यद्यपि रूखको वास्तविक उमेरबारे हालसम्म वैज्ञानिक पुष्टि भएको छैन।

    स्थानीय ७४ वर्षीय दीपबहादुर हमालले देवदार दक्षिण एसियाकै सबैभन्दा बलियो र दीर्घायु काठमध्ये एक भएको बताउँदै कर्णालीमा यसलाई ‘द्यार’ भनेर चिनिने जानकारी दिए। योगी नरहरिनाथको भनाइ उद्धृत गर्दै उनले पाण्डवकालदेखि नै यो रूख अस्तित्वमा रहेको भन्ने जनविश्वास रहेको बताए।

    उनका अनुसार विसं २०३२ मा रूखको टुप्पो भाँचिएपछि त्यहीँबाट पानी पस्दा जरा कुहिन थालेको र अन्ततः त्यही कारण रूख ढलेको हुन सक्ने अनुमान गरिएको छ।

    तिला गाउँपालिका–४ का ८४ वर्षीय वीरबहादुर सिंहले देवदारको आयु चार हजार वर्षसम्म हुने जनविश्वास रहेको सुनाउँदै, “एक हजार वर्ष बढ्न, एक हजार वर्ष उभिन, एक हजार वर्ष ढल्न र अर्को एक हजार वर्ष कुहिन लाग्छ,” भन्ने पुरानो भनाइ स्मरण गरे। उनका अनुसार देवदार अत्यन्त टिकाउ र बहुउपयोगी काठका रूपमा परिचित छ।

    स्थानीयका अनुसार करिब चार मिटर गोलाइ र ४५ मिटर उचाइ भएको उक्त विशाल रूख सडकतर्फ ढल्दा टेलिफोन तथा विद्युत्का खम्बा र धानबालीमा सामान्य क्षति पुगेको छ। मानवीय क्षति भने भएको छैन।

    स्थानीय निराजन गौतमले गाउँको पहिचान बनेको देवदार ढलेपछि त्यस स्थानमा मन्दिर वा चौतारी निर्माण गरी यसको सम्झना जोगाउन सरकारसँग माग गरेका छन्।

    डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढाथोकीले कुदारी–लुम्सेरा सडकखण्डमा रहेको देवदार ढलेको जानकारी प्राप्त भएको बताउँदै यसको वास्तविक उमेर, प्राकृतिक विशेषता र गुणबारे वैज्ञानिक अध्ययन गरिने जानकारी दिए। उनका अनुसार धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको देवदार कोणधारी वनअन्तर्गत पर्ने महत्त्वपूर्ण प्रजाति हो।

    लुम्सेराका बासिन्दाका लागि यो केवल एउटा रूख ढलेको घटना होइन, बरु पुस्तौँदेखि जोगाइँदै आएको आस्था, सम्झना र प्राकृतिक सम्पदाको एउटा जीवित इतिहास नै ढलेको पीडादायी क्षण बनेको छ।

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार ०७:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.