• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १९, मंगलवार ०९:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

    प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकै दिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकै दिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ ।

    प्रतिष्ठानका अनुसार एक हजार १८० जनाले बहिरंग (ओपिडी) सेवा लिएका छन् भने ५१ जनाले आकस्मिक सेवामार्फत उपचार गराएका छन् । साथै, ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

    आकस्मिक सेवाबाट उपचार गराउनेमध्ये २६ जना पुरुष र २५ जना महिला छन् । यस्तै, ओपिडीमा ४३५ पुरुष र ७४५ महिला उपचारका लागि आएका थिए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ४४६ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

    प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीले बिरामीको बढ्दो चापले प्रतिष्ठानप्रतिको जनविश्वास बढ्दै गएको संकेत गरेको बताए । विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङसहित छिमेकी जिल्लाबाट पनि ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उनको भनाइ छ ।

    बिरामीको चाप बढे पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइएको प्रतिष्ठानले जनाएको छ ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार ०९:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.