• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

  •  नेपाल चौतारी
  • २०८३ श्रावण १९, मंगलवार १६:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ ।

    विभागले आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमश: कम हुने जनाएको छ ।

    विभागका मौसमविद् रोजन लामिछानेले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा कर्णाली प्रदेशको जाजरकोट आसपासमा १३८ मिलिमिटर वर्षा मापन भएको बताए ।

    ‘पछिल्लो २४ घण्टामा कोशी प्रदेशका झापा, इलाम र सुनसरीमा भारीदेखि धेरै भारी वर्षा भएको छ’, उनले भने, ‘इलाम–झापा आसपासको क्षेत्रमा करिब १३० मिलिमिटर तथा विराटनगर आसपास १२५ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो छ घण्टामा कोशी प्रदेशको इलाम–झापा क्षेत्रमा मध्यमदेखि केही स्थानमा भारी वर्षा भएको छ ।’

    कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि वर्षा भएको छ भने मधेश प्रदेशको पश्चिमी क्षेत्रमा भने वर्षा नभएको र देशका अधिकांश स्थानमा हल्का वर्षा भएको मौसमविद् लामिछानेले जानकारी दिए ।

    विभागले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ ।

    विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको तराईका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, कर्णाली प्रदेशका पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थान तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    आज राति कोशी प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका स्थान र सहरी डुबान हुने क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । रासस

    Post Views: 35
    प्रकाशित मिति: २०८३ श्रावण १९, मंगलवार १६:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.