• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

उडान ढिलो वा रद्द भए यात्रुले क्षतिपूर्ति पाउने, दुर्घटनामा मृत्यु भए डेढ करोडसम्म दिने प्रस्ताव

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २०, बुधबार १०:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं।आन्तरिक हवाई यात्रालाई सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यसहित सरकारले ल्याएको नयाँ विधेयकमा उडान ढिलो, रद्द, सामान हराउने तथा दुर्घटनाजस्ता अवस्थामा एयरलाइन्स कम्पनीलाई आर्थिक रूपमा जिम्मेवार बनाउने व्यवस्था प्रस्ताव गरिएको छ ।

    ‘आन्तरिक वायु सेवाको दायित्वका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पारित भएमा एयरलाइन्सको लापरवाहीका कारण उडान प्रभावित भए यात्रुले क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।

    प्रस्तावित कानुनअनुसार कुनै कारणले उडान रद्द, स्थगित वा ढिला हुने भएमा वायुसेवा कम्पनीले यात्रुलाई कम्तीमा तीन घण्टा अगावै जानकारी गराउनुपर्नेछ । कम्पनीकै कारण उडान प्रभावित भएको अवस्थामा भने यात्रुलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

    तर खराब मौसम, प्राकृतिक विपत्ति, विमानस्थल वा एयर ट्राफिक व्यवस्थापनसम्बन्धी कारण तथा सुरक्षा निकायले उडान रोक लगाएका अवस्थालाई क्षतिपूर्तिको दायराबाट बाहिर राखिएको छ ।

    सामान हराए प्रतिकिलो २० डलरसम्म क्षतिपूर्ति

    विधेयकले यात्रुको ब्यागेज, ह्यान्ड क्यारी तथा कार्गोमा हुने क्षतिको जिम्मेवारी पनि एयरलाइन्सलाई तोकेको छ ।

    यात्रुको सामान हराए, नष्ट भए वा क्षति पुगेमा प्रतिकिलोग्राम २० अमेरिकी डलरका दरले अधिकतम ५०० अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ । कम्पनीको लापरवाहीका कारण ह्यान्ड क्यारी सामानमा क्षति पुगेमा पनि एयरलाइन्स नै जिम्मेवार हुने व्यवस्था छ ।

    कार्गो हराए वा क्षति पुगेमा मूल्य घोषणा गरिएको अवस्थामा सोहीअनुसार र घोषणा नगरिएको अवस्थामा प्रतिकिलोग्राम १० अमेरिकी डलरका दरले क्षतिपूर्ति दिनुपर्नेछ । तोकिएको समयभन्दा ढिला कार्गो पुगेमा पनि क्षतिपूर्ति दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

    हवाई दुर्घटनामा मृत्यु भए एक लाख डलर क्षतिपूर्ति

    नयाँ विधेयकले हवाई दुर्घटनामा मृत्यु हुने यात्रुको क्षतिपूर्ति रकम पनि उल्लेख्य रूपमा बढाउने प्रस्ताव गरेको छ ।

    हाल कायम २० हजार अमेरिकी डलरको सीमालाई बढाएर एक लाख अमेरिकी डलर पुर्‍याउने व्यवस्था गरिएको छ । यसअनुसार दुर्घटनामा यात्रुको मृत्यु भए एयरलाइन्स कम्पनीले परिवारलाई करिब डेढ करोड नेपाली रुपैयाँ बराबरको क्षतिपूर्ति दिनुपर्नेछ ।

    शव हस्तान्तरणका क्रममा अन्तिम संस्कारका लागि परिवारलाई तत्काल कम्तीमा ५ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ । यो रकम अन्तिम क्षतिपूर्तिमा समायोजन गरिनेछ ।

    दुर्घटनामा घाइते यात्रु वा तेस्रो पक्षको उपचार खर्चसमेत एयरलाइन्स कम्पनीले बेहोर्नुपर्नेछ । अंगभंग वा स्थायी शारीरिक क्षति भएमा अधिकतम एक लाख अमेरिकी डलरसम्म क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ ।

    यद्यपि यात्रुको आफ्नै गम्भीर लापरवाही वा पुरानो गम्भीर रोगका कारण चोटपटक वा मृत्यु भएको अवस्थामा भने एयरलाइन्स क्षतिपूर्ति दिन बाध्य नहुने व्यवस्था राखिएको छ ।

    टिकट मूल्यमा पारदर्शिता अनिवार्य

    विधेयकले हवाई टिकट बिक्री प्रक्रियामा पनि पारदर्शिता कायम गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

    कम्पनीहरूले टिकटमा केवल कर रकम मात्र नभई भाडा, विमानस्थल सेवा शुल्क र सरकारी कर छुट्टाछुट्टै उल्लेख गर्नुपर्नेछ । विवरण नखुलाएमा कानुनी कारबाही हुने व्यवस्था गरिएको छ ।

    क्षतिपूर्ति नदिने वा अनिवार्य बीमा नगर्ने एयरलाइन्स कम्पनीलाई १० लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान पनि विधेयकमा समेटिएको छ ।

    तर, यी व्यवस्था तत्काल लागू हुने छैनन् । राष्ट्रियसभामा दर्ता भएको विधेयक संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कार्यान्वयनमा आउनेछ । विधेयकमा प्रमाणीकरण भएको ३१औँ दिनदेखि कानुन लागू हुने उल्लेख छ ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ श्रावण २०, बुधबार १०:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.