• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चालु आर्थिक वर्षदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति तलब ?

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २१, बिहीबार १२:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि साउन १ गतेदेखि लागू हुने सरकारी कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ।

    साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले तलबमान, ग्रेड, प्राविधिक ग्रेड तथा १० प्रतिशत प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो। सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमार्फत सरकारी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि र १० प्रतिशत मासिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै मन्त्रालयले बुधबार सम्बन्धित सरकारी निकायलाई नयाँ तलबमानबारे परिपत्र गरेको हो।

    नयाँ व्यवस्था अनुसार निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश र स्थानीय तहका कर्मचारीले (निवृत्तभरण प्रयोजनका लागि) अनुसूची १ देखि ८ सम्मका नयाँ तलबमान, एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि भएको तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता पाउनेछन्।

    मन्त्रालयले निर्धारण गरेको प्रारम्भिक तलबमानअनुसार मुख्य सचिवको तलब रु ८४ हजार ९३२, राजपत्राङ्कित विशिष्ट श्रेणीको रु ७९ हजार २९०, अतिरिक्त सचिव (पेन्सन प्रयोजन)को रु ६६ हजार ५३९, राजपत्राङ्कित प्रथम श्रेणीको रु ६२ हजार ४६६, द्वितीय श्रेणीको रु ५३ हजार ६११ र तृतीय श्रेणीको रु ४८ हजार ५८ कायम गरिएको छ।

    यस्तै, राजपत्र अनङ्कित प्रथम अतिरिक्त मान (पेन्सन प्रयोजन)को रु ४१ हजार ५१७, राजपत्र अनङ्कित प्रथमको रु ३८ हजार २०३, राजपत्र अनङ्कित द्वितीय अतिरिक्त मान (पेन्सन प्रयोजन)को रु ३७ हजार ४०७, राजपत्र अनङ्कित द्वितीयको रु ३६ हजार १९२, राजपत्र अनङ्कित तृतीयको रु ३० हजार ३७३ तथा राजपत्र अनङ्कित चतुर्थको रु २८ हजार ६९० प्रारम्भिक तलबमान निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ श्रावण २१, बिहीबार १२:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.