• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

हुथी विद्रोहीको आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार ०६:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यमन। यमनमा हुथी विद्रोही समूहले गरेको मिसाइल र ड्रोन आक्रमणमा बिहीबार कम्तीमा ३८ सरकारी सैनिकको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्। चिकित्सा स्रोतहरूका अनुसार यो पछिल्ला केही वर्षयताकै सबैभन्दा घातक आक्रमणमध्ये एक हो।

    एक सैन्य अधिकारीका अनुसार मध्य यमनको मरिब प्रान्तस्थित अल–रुवाइक सैन्य शिविर तथा साउदी अरेबसँगको सीमावर्ती हद्रमाउतका अल–अब्र र अल–वदियाह क्षेत्रमा रहेका सैन्य शिविरहरूलाई लक्षित गरी आक्रमण गरिएको हो।

    नाम नखुलाउने सर्तमा एक सुरक्षा स्रोतले एएफपीसँग भने, “मरिबस्थित शिविरमा बिहान सैनिकहरू तयारीमा रहेका बेला मिसाइल प्रहार गरिएको थियो। उक्त आक्रमणमा कम्तीमा ३८ सरकारी सैनिकसहित ४५ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।”

    एक दशकभन्दा लामो गृहयुद्धमा फसेको यमन पछिल्लो समय अमेरिका–इरान तनावको प्रभावमा पनि परेको छ। तेहरान समर्थित हुथी विद्रोहीहरूले साउदी समर्थित सरकारसँग सन् २०२२ मा भएको युद्धविराम उल्लङ्घन गरेपछि द्वन्द्व फेरि चर्किएको हो।

    हुथीहरूले राजधानी सानाका लागि इरानी विमानको सिधा उडानलाई स्वागत गरेपछि दुवै पक्षबीच आक्रमण–प्रत्याक्रमण सुरु भएको थियो। त्यसपछि विद्रोहीहरूले साउदी अरबमाथि समुद्री नाकाबन्दी घोषणा गर्दै उसका तेल ट्याङ्करहरूलाई पनि निशाना बनाउन थालेका छन्।

    गत महिना पनि हुथीहरूले होदइदा बन्दरगाह शहरको दक्षिण क्षेत्रमा सरकारी फौजमाथि आक्रमण गर्दा १६ सैनिक मारिएका थिए।

    सन् २०१४ देखि जारी द्वन्द्वमा हुथी विद्रोहीहरूले राजधानी साना र उत्तर यमनका अधिकांश क्षेत्र आफ्नो नियन्त्रणमा राखेका छन् भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले दक्षिणी भूभागको ठूलो हिस्सा नियन्त्रण गर्दै आएको छ। संयुक्त राष्ट्रसंघको पहलमा सन् २०२२ मा भएको युद्धविरामको औपचारिक अवधि समाप्त भए पनि लामो समयसम्म तुलनात्मक रूपमा शान्ति कायम रहेको थियो।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार ०६:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.