• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सामान्य किनमेलले बनायो लाखपति, २५० रुपैयाँको खरिदमा १० लाख पुरस्कार

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार योजना अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको नतिजा सार्वजनिक गरेको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा भाग्यशाली विजेताहरूको घोषणा गरेको हो।

    विभागका अनुसार शिव कृष्ण जनरल स्टोरबाट रु. २५० बराबरको सामान खरिद गरी सक्कली बिल लिएका एक उपभोक्ताले रु. १० लाखको बम्पर उपहार जितेका छन्। बम्पर विजेताको कुपन नम्बर ००७ ३१५ २५४ ४९३ रहेको विभागले जनाएको छ।

    यस्तै, अन्य १५ जना उपभोक्ताले जनही रु. १ लाख नगद पुरस्कार जितेका छन्।

    उपभोक्तामा सामान वा सेवा खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिने बानीको विकास गराउने तथा कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत यो योजना लागू गरेको हो।

    आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। सोही घोषणाअनुसार असारको अन्तिम साता स्वीकृत कार्यविधिका आधारमा योजना कार्यान्वयनमा ल्याइएको हो।

    कसरी सहभागी हुने?

    योजनामा सहभागी हुन आन्तरिक राजस्व विभागले prize.ird.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ।

    नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि एक पटकमा रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कली बिल लिएका उपभोक्ताले उक्त वेबसाइटमा आफ्नो बिल अपलोड गरेर कार्यक्रममा सहभागी हुन सक्छन्।

    त्यस्तै, बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत रु. १०० भन्दा बढीको भुक्तानी गर्ने उपभोक्ताको विवरण भने स्वतः प्रणालीमा समावेश हुने भएकाले उनीहरूले छुट्टै बिल दर्ता गर्नुपर्ने छैन। यस्ता उपभोक्ताले भने आफ्नो भुक्तानीको ट्रान्स्याक्सन नम्बर डाउनलोड गरेर सुरक्षित राख्नुपर्नेछ।

    कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टीपछि रु. १ लाख नगद तथा हरेक १५ दिनमा एक जना (महिनामा दुई जना) लाई रु. १० लाखको बम्पर नगद उपहार प्रदान गरिने व्यवस्था गरिएको छ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १०:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.