• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद् चल्न नदिने विपक्षीको अडान

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार १४:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विरोध जारी राखेका छन्।

    शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवलाई बोल्न समय दिएका थिए।

    कांग्रेसका तर्फबाट धारणा राख्दै यादवले प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी विवादास्पद अभिव्यक्तिबारे संसद्मा स्पष्ट जवाफ दिनैपर्ने अडान दोहोर्‍याए।

    ‘सम्माननीय प्रधानमन्त्रीजीको सीमासम्बन्धी विवादित र आपत्तिजनक अभिव्यक्तिको विषयमा हामीले निरन्तर विरोध गर्दै आएका छौं। हाम्रो अडान यथावत् छ,’ उनले भने।

    गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन शाहले नेपाल–भारत सीमा विवादका विषयमा दुई महत्वपूर्ण टिप्पणी गरेका थिए।

    पहिलो, उनले लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको र त्यसको जवाफ प्राप्त भएको जानकारी दिएका थिए। साथै, उक्त विषयमा भारत र चीनसँग मात्रै नभई बेलायत सरकारसँग पनि छलफल गरिएको बताएका थिए। उनका अनुसार ब्रिटिस इन्डियाको समयदेखिको सीमा समस्यामा बेलायतको पनि सरोकार रहेको नेपालको धारणा छ।

    दोस्रो, प्रधानमन्त्रीले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालका तर्फबाट पनि केही स्थानमा भारतीय भूमि प्रयोग भएको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको बताएका थिए। उनले दुवै देशले संयुक्त अध्ययन गरेर आपसी समझदारीका आधारमा सीमा समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए।

    प्रधानमन्त्रीका यी दुवै अभिव्यक्तिले तत्काल विवाद निम्त्याएको थियो। विपक्षी दलहरूले त्यसबारे तथ्यगत आधार माग गर्दै आएका छन्। तर, साढे दुई महिनासम्म पनि प्रधानमन्त्रीले संसद्मा यस विषयमा थप स्पष्टीकरण दिएका छैनन्।

    यही विषयलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद्मा विरोध जनाउँदै आएका छन्। आजको बैठकमा पनि उनीहरूले प्रधानमन्त्रीबाट औपचारिक जवाफको माग गर्दै विरोधलाई निरन्तरता दिएका हुन्।

    Post Views: 35
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार १४:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.