• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भरतपुर अस्पताललाई बिमामार्फत एक वर्षमा एक अर्ब प्राप्त

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २२, शुक्रबार २१:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बिमाबाट बिरामीलाई सेवा दिएवापत एक वर्षको अवधिमा रु एक अर्ब ५७ लाख ९७ हजार ८३२ प्राप्त गरेको छ । गत आर्थिक वर्षको छ महिना र अघिल्लो वर्षको बाँकी भुक्तानीबाट उक्त रकम प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

    मुलुकका सरकारी अस्पतालहरूमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सबैभन्दा बढी बिरामीलाई सेवा दिने अस्पतालमा भरतपुर पर्दछ । स्वास्थ्य बिमा कार्यक्रमका प्रमुख लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षमा अस्पतालले बिमामार्फत चार लाख ९३ हजार ४४९ पटक सेवा दिइएको छ । अस्पतालले आर्थिक वर्ष २०७४/७५ देखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यो अवधिमा १९ लाख ७० हजार ३५२ पटक सेवा दिइएको छ ।

    यसबापत अस्पतालले हालसम्म रु तीन अर्ब ४८ करोड छ लाख २० हजार १६२ रकम प्राप्त गरिसकेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको बिमा कार्यक्रममा २४सै घण्टा कर्मचारी बसेर दाबी भुक्तानीको काम गरिरहेका छन् । देशका अन्य अस्पतालहरूबाट समेत स्वास्थ्य बिमा कार्यक्रमको यहाँबाट भइरहेका कामको प्रकृति हेर्न र सिक्न आउने गर्दछन् ।

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत हाराहारी स्वास्थ्य बिमाको भएका बताए । तीसहित सबै बिरामीका लागि एकै दिनमा सेवा दिने गरी सहज व्यवस्थापन गर्ने काम भइरहेको उल्लेख गर्दै उहाँले पालो कुर्नुपर्ने सेवाहरूमा समय कम गर्दै लगिएको जानकारी दिए ।

    नगद काउन्टर थप गरिएको, टिकटलाई अनलाइन गरिएको, शल्यक्रियाको पालो घटाउँदै लगिएको, टिकटको समय बढाइएको भन्दै उहाँले अन्य सेवालाई पनि क्रमशः सहज बनाइने बताए । देशभरका अस्पतालहरूमा भरतपुर अस्पतालको स्वास्थ्य बिमा योजना नमूना कार्यक्रमका रूपमा लिने गरिएको उनको भनाइ छ ।

    अस्पतालमा पछिल्लो समय बिरामीको उच्च चाप हुने गरेको छ । बहिरङ्ग (ओपिडी) सेवामा एकै दिन गत मङ्गलबार तीन हजार ७५१ जना बिरामी आएका थिए । जसमध्ये स्वास्थ्य बिमाका मात्रै दुई हजार ९४८ रहेका थिए । यहाँ चितवनसहित २२ जिल्लाबाट नियमित बिरामी आउने गरेका छन् । ठूलो सङ्ख्यामा चितवन र छिमेकी जिल्लाबाट बिरामी आउने गर्दछन् ।

    Post Views: 21
    प्रकाशित मिति: २०८३ श्रावण २२, शुक्रबार २१:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.