• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टर्की–साउदी–पाकिस्तान रक्षा सम्झौता विस्तारको तयारी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २४, आईतवार १२:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अङ्कारा। टर्कीले क्षेत्रीय स्थिरता कायम गर्ने उद्देश्यले साउदी अरब र पाकिस्तानसँग गरेको संयुक्त रक्षा सम्झौतामा इजिप्ट पनि सहभागी हुने अपेक्षा गरेको छ ।

    टर्कीका विदेशमन्त्री हाकान फिदानले शनिबार इजिप्टलाई सबै विषयमा स्वाभाविक साझेदार भन्दै आगामी चरणमा उक्त देश पनि सम्झौतामा सहभागी हुने विश्वास व्यक्त गरेका हुन् ।

    साउदी अरब, टर्की र पाकिस्तानले शुक्रबार ‘मक्का संयुक्त रक्षा सम्झौता’मा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै सदस्य राष्ट्रमाथिको आक्रमणका रूपमा लिइनेछ । यसको उद्देश्य तीन देशबीच सामूहिक प्रतिरोध क्षमता सुदृढ गर्नु रहेको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

    सरकारी समाचार संस्था अनादोलुसँगको अन्तर्वार्तामा फिदानले सम्झौता कुनै निश्चित देशलाई लक्षित गरेर नगरिएको बताए । सम्झौतामा कुनै साझा खतराको लिखित रूपमा उल्लेख नगरिएको उनले स्पष्ट पारे ।

    फिदानले सम्झौतामा इजिप्टको सहभागिताका लागि केही प्राविधिक विषय टुङ्ग्याउन बाँकी रहेको बताउँदै ती विषय कार्यान्वयनमा आएपछि इजिप्ट सहभागी हुनुपर्ने कुनै कारण नरहेको उल्लेख गरे ।

    उहाँले सम्झौतालाई मध्यपूर्वमा दीर्घकालीन स्थिरता कायम गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गर्दै भविष्यमा गठबन्धनमा अन्य देशलाई पनि सहभागी गराउनुपर्ने बताए ।

    अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वको सुरक्षा अवस्था तनावपूर्ण रहेका बेला तीन देशबीच रक्षा सम्झौता भएको हो । युद्धका कारण छिमेकी मुलुकहरू पनि प्रभावित भएका छन् भने होर्मुज जलसन्धि र लाल सागरमार्फत हुने समुद्री यातायातमा समेत अवरोध पुगेको छ । रासस

    Post Views: 43
    प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार १२:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.