• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयमा भारतको जवाफ– ‘द्विपक्षीय संयन्त्रबाट छलफल गर्न सकिन्छ’

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २६, मंगलवार २१:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नयाँदिल्ली । सन् १८१६ मा नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको सक्कल प्रति नभेटिएको विषयमा भारतले द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने प्रतिक्रिया दिएको छ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नियमित पत्रकार सम्मेलनमा नेपाल र भारतबीचका यस्ता विषय द्विपक्षीय संयन्त्रमार्फत छलफल गर्न सकिने बताएका हुन्।

    पत्रकारहरूले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार प्रतिनिधिसभामा सुगौली सन्धिको मूल प्रति नभेटिएको जानकारी गराएको विषयमा प्रश्न गरेका थिए। जवाफमा जयसवालले नेपाल–भारत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै दुई देशबीच कतिपय विषयमा मतभिन्नता हुनसक्ने बताए।

    ‘भारत र नेपालबीचको सम्बन्ध धेरै राम्रो छ। कतिपय विषयमा सहमति नहुन सक्छ। तर, त्यस्ता मुद्दामा छलफल गर्न द्विपक्षीय संयन्त्र छ। त्यसैमार्फत कुराकानी गर्न सक्छौँ,’ उनले भने।

    सन् १८१६ मा भएको सुगौली सन्धिले नेपालको पश्चिमी तथा दक्षिणी सीमासम्बन्धी महत्वपूर्ण व्यवस्था गरेको थियो। यही सन्धिलगायत ऐतिहासिक प्रमाणका आधारमा नेपालले २०७७ सालमा लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। उक्त नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारतले आफ्नो भूभाग दाबी गर्दै आएको छ।

    यसअघि सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि सुगौली सन्धिको सक्कल प्रति कहाँ रहेको छ भन्ने विषयमा प्रश्न उठेको थियो। नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको उक्त सन्धिको मूल प्रति नेपालसँग छ कि बेलायतसँग भन्ने विषयमा सांसदहरूले प्रश्न गरेका थिए। जवाफमा परराष्ट्रमन्त्री खनालले सन्धिको सक्कल प्रति फेला नपरेको बताएका थिए।

    जयसवालले सोही पत्रकार सम्मेलनमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका लागि गत चैत १३ गते नै निमन्त्रणा दिइसकेको पनि जानकारी दिए।

    Post Views: 54
    प्रकाशित मिति: २०८३ श्रावण २६, मंगलवार २१:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.