• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रोनाल्डोले आफ्ना ५ सन्तानको उपस्थितिमा जर्जिनासँग गरे बिहे

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २७, बुधबार ०९:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी प्रेमिका तथा मोडल–इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमा स्थानीय परम्पराअनुसार विवाह गरेको जनाइएको छ।

    रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा विवाहको औँठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। उक्त तस्वीरले सार्वजनिक भएको करिब ६ घण्टामै एक करोड ६८ लाखभन्दा बढी लाइक प्राप्त गरेको बताइएको छ।

    पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ११ अगस्टमा लिस्बननजिकैको समुद्री तटीय सहर कास्काइसमा विवाह गरेका हुन्। विवाह समारोहमा उनीहरूका पाँच सन्तानसमेत सहभागी थिए।

    रोनाल्डो र जर्जिना करिब एक दशकदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको पहिलो भेट स्पेनको म्याड्रिडस्थित गुच्चीको एक स्टोरमा भएको थियो। त्यतिबेला जर्जिना उक्त स्टोरमा कार्यरत थिइन् भने रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिरहेका थिए।

    गत वर्ष ११ अगस्टमै उनीहरूले इन्गेजमेन्टको घोषणा गरेका थिए। जर्जिनाले त्यतिबेला इन्गेजमेन्ट औँठीको तस्वीर सार्वजनिक गर्दै रोनाल्डोसँग यस जीवनमा मात्र नभई आफूले बाँच्ने हरेक जीवनमा समेत सँगै रहन चाहेको भाव व्यक्त गरेकी थिइन्।

    रोनाल्डो र जर्जिनाको प्रेमसम्बन्ध लामो समयदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चर्चाको विषय बन्दै आएको थियो।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार ०९:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.