• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

ट्रम्पकी विश्वासिला सहयोगी करोलिन लेभिट ह्वाइट हाउसबाट बाहिरिँदै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २८, बिहीबार १०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करोलिन लेभिटले यही महिनाको अन्त्यमा पद छाड्ने घोषणा गरेका छन् ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत लेभिट आफ्ना ‘सबैभन्दा विश्वासिला सहयोगीमध्ये एक’ रहेको उल्लेख गर्दै साना छोराछोरी र परिवारसँग समय बिताउन उनले पदबाट अलग हुने बताएका हुन् ।

    ‘यो निर्णयलाई म पूर्ण रूपमा बुझ्छु र सम्मान गर्छु,’ ट्रम्पले लेखेका छन्। उनले लेभिट अब आफ्ना प्रमुख बाह्य सल्लाहकारमध्ये एकका रूपमा रहने र रिपब्लिकन पार्टीभित्र प्रभावशाली आवाज बन्ने बताएका छन्।

    लेभिटले गत वर्ष ह्वाइट हाउस प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हालेकी थिइन्। उनी उक्त पद सम्हाल्ने सबैभन्दा कम उमेरकी व्यक्ति बनेकी थिइन्। उनको स्थानमा कसलाई नियुक्त गरिने भन्नेबारे तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन।

    लेभिटले गत मेमा पति निकोलस रिसिओसँग दोस्रो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी थिइन्। उनका दुई वर्षका छोरा पनि छन्। उनी गत महिना मातृत्व बिदापछि काममा फर्किएकी थिइन्।

    ट्रम्पको घोषणापछि एक्समार्फत प्रतिक्रिया दिँदै लेभिटले ह्वाइट हाउस प्रेस सेक्रेटरीको जिम्मेवारीलाई आफ्नो जीवनकै ‘सबैभन्दा ठूलो सम्मान र साहसिक यात्रा’ भएको बताएकी छन् ।

    उनले दुई साना छोराछोरीकी आमा भएर विश्वकै सबैभन्दा चुनौतीपूर्णमध्ये एक जिम्मेवारी सम्हाल्नु आफ्नो जीवनको सबैभन्दा सुखद तर चुनौतीपूर्ण समय भएको उल्लेख गरेकी छन्।

    छोरी जन्मिएपछि ह्वाइट हाउस फर्किएयता आफूले छोराछोरीले पाउनुपर्ने समय र ध्यान दिन नसकेको महसुस गरेको भन्दै उनले परिवारलाई प्राथमिकता दिन पद छाड्ने निर्णय गरेको बताएकी छन्।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १०:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.