• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौं फर्किएलगत्तै देउवाको अपिल: ‘पार्टी एकढिक्का बनाऔँ, राष्ट्रिय एकता बलियो बनाऔँ’

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २८, बिहीबार १४:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि काठमाडौं फर्किएका देउवाले आफू कुनै पद वा शक्ति प्राप्तिको उद्देश्यले नभई राष्ट्रिय एकता बलियो बनाउन सक्रिय हुन फर्किएको बताएका हुन्।

    काठमाडौं उत्रिएपछि जारी गरेको अपिलमा देउवाले कांग्रेस एकताबद्ध भएर देशमा क्रियाशील अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीभित्र देखिएका असहमति, निराशा र विवाद तत्काल समाधान गर्नुपर्ने उनको भनाइ छ।

    ‘मुलुककै मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्छ,’ देउवाले भनेका छन्। उनले कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदाता तथा आम नेपालीलाई सामूहिकताको भावनाका साथ अघि बढ्न अपिल गरेका छन्।

    कांग्रेस कसैको व्यक्तिगत इगो वा स्वार्थका आधारमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने देउवाले बताएका छन्। उनले पार्टीभित्र सबै पक्षले त्याग, बलिदान र संघर्षको भावना आत्मसात् गर्दै एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    देउवाले आफू सत्ता प्राप्तिको उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न सक्रिय भएको स्पष्ट पारेका छन्। उनले २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग स्मरण गर्दै अहिले पनि मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

    ‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु,’ देउवाले आफ्नो अपिलमा उल्लेख गरेका छन्।

    उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रति आफ्नो अटुट प्रतिबद्धता रहेको दोहोर्‍याउँदै मुलुकको हितका लागि सबै पक्षबीच सहकार्य र एकताको वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।

    deuwa-apil-1-1786610499.jpg
    deuwa-apil-2-1786610499.jpg

    Post Views: 62
    प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार १४:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.