• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २९, शुक्रबार ०८:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको छ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्ध लगाइएको नौसैनिक नाकाबन्दी अमेरिकाले ‘अनिश्चितकालसम्म’ जारी राख्न सक्ने बताएका छन् ।

    यसैबिच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको द्वन्द्वमा वासिङ्टनका मुख्य उद्देश्यस्पष्ट पारेका छन् । भान्सका अनुसार अमेरिकी नागरिकका लागि ऊर्जाको मूल्य स्थिर राख्नु, तेहरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु र यो द्वन्द्वबाट अमेरिकालाई थप बलियो स्थितिमा उभ्याउनु वासिङ्टनको प्रमुख लक्ष्य रहेको छ ।

    उता इरानको सेनाले भने हर्मुज मार्गबाट समुद्री यातायात सामान्य रूपमा सञ्चालन भइरहेको अमेरिकी दाबीको खण्डन गरेको छ । इरानी सेनाले आफ्नो अनुमतिविना कुनै पनि जलपोत वा जहाज सो क्षेत्रबाट पार हुन नसक्ने दाबी दोहोर्‍याएको छ ।

    यसैक्रममा, हर्मुज जलडमरू भएर यात्रा गरिरहेका ‘अबु धाबी नेसनल आयल कम्पनी’का दुई वटा जलपोतमाथि आक्रमण भएको छ । संयुक्त अरब इमिरेट्सको सरकारी सञ्चारमाध्यमका अनुसार आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन भने स्थिति पूर्ण नियन्त्रणमा रहेको जनाइएको छ।

    यस्तै, यमनका हुथी विद्रोहीले देशको पश्चिमी भागमा रहेको बाब अल-मन्देब जलडमलाई लक्षित गरी दुई वटा मिसाइल प्रहार गरेका छन् । हुथी सम्बद्ध ‘सबा’ समाचार एजेन्सीका अनुसार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने उक्त समुद्री मार्गमा तनाव बढाउने उद्देश्यले आक्रमण गरिएको हो । खाडी क्षेत्रमा चुलिँदो तनावका कारण विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापार जोखिममा पर्ने चिन्ता बढेको छ ।

    Post Views: 62
    प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार ०८:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.