• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण

  •  नेपाल चौतारी
  • २०८३ श्रावण २९, शुक्रबार १०:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अर्घाखाँची । अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पिपीआर देखा परेको छ।

    पिपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए। अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ।

    आदेश उल्लङ्घन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ। हालसम्म पिपीआरका कारण दुई बाख्रा मरेका छन्। करिब १९ वटा बाख्रामा पिपीआर सङ्क्रमण भएको पाइएको प्रजिअ सुवेदीले बताए। रोग महामारीका रूपमा फैलिन सक्ने जोखिम देखिएपछि प्रशासनले प्रभावित क्षेत्रका बाख्रा ओसारपसारमा रोक लगाउनुका साथै सङ्क्रमित पशुलाई अलग्गै राखेर उपचार तथा व्यवस्थापन गर्न लागिएको छ।

    रोग थप क्षेत्रमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बाख्रा तथा भेडालाई पिपीआर रोगविरुद्धको खोप अनिवार्य रूपमा लगाउन र आवश्यक परेमा सम्बन्धित स्थानीय तह तथा भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ।

    सङ्क्रमित बाख्राको मासु बेचबिखन नगर्न र नगराउन प्रशासनले निर्देशन दिएको छ । किसानलाई आफ्नो गोठमा रहेका बाख्राको स्वास्थ्य नियमित निगरानी गर्न, बिरामी पशुलाई स्वस्थ पशुबाट अलग राख्न र अस्वाभाविक लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मीलाई खबर गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १०:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.