• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जनसम्पर्क समिति अमेरिकाको सभापतिमा सन्तोस पहारीको उम्मेदवारी दर्ता

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३०, शनिबार ११:०९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन सुरु भएको छ । १२ वर्षदेखि हुन नसकेको जनसम्पर्क समितिको महाधिवेशन शुक्रवार अमेरिकाको भर्जिनियामा शुरु भएको हो ।  नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनले अमेरिकामा रहेका कांग्रेस कार्यकर्ताहरुमा उत्साह थपेको छ । समितिको नयाँ नेतृत्वका लागि विगतमा नेपालमा रहँदा नेपाली कांग्रेसका विभिन्न तहमा क्रियाशिल नेताहरु प्रतिस्पर्धामा उत्रिएका छन् ।
    यसैक्रममा समितिको नेतृत्वका प्रमुख दाबेदार सन्तोस पहारीले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपालमा पोखरा घर भई हाल अमेरिकाको एट्लान्टा निवासी पहारी नेपाल विद्यार्थी संघको कास्की जिल्ला सभापति हुँदै केन्द्रिय सदस्यका रुपमा काम गरिसकेका नेता हुन् । यस्तै प्रवासमा बसेर पनि नेपाली–नेपालीबिचको भाईचारा, नेपालको लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणमा पहारीले उल्लेख्य योजना अघि सार्न सक्ने नेताका रुपमा पहारीलाई लिने गरिएको छ ।

    गैरआवासीय नेपालीकाका लागि नेपालमा दोहोरो कर, लगानीको असुरक्षा, नागरिकता समस्या, राजनीतिक उपेक्षा, र संस्थागत बेवास्ता जस्ता गम्भीर समस्याबारे पहारीले दर्बिलो आवाज उठाउँदै आएका छन् । पहारी गैरआवासीय संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पनि हुन् । जसका कारणपनि उनी जनसम्पर्क समिति अमेरिकामा उनको उम्मेदवारीलाई आशा सञ्चारका रुपमा हेरीएको छ । नेतृत्वका लागि आवश्यक क्षमता, दक्षता र राजनीतिक सुझबुझ राख्ने पहारीको उम्मेदवारी दर्ताले अमेरिकास्थित जनसम्पर्क समितिले सहि नेतृत्व पाउने अपेक्षा राखिएको छ ।

    नेपाली कांग्रेसको कोईराला समूह र विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा समूह दुवैसँगको राजनीतिक सम्बन्ध बलियो भएका पहारीको जितले कांग्रेसमा देखिएको आन्तरिक विवादलाई एकतामा लैजान पनि समन्वयकारी भुमिका खेल्ने विश्वास मतदाताको रहेको बुझिएको छ ।
    उम्मेदवारी दर्तापछि नेपाल चौतारीसँग कुरा गर्दै पहारीले अमेरिकामा नेपाली कांग्रेसको संगठनलाई बलियो र एकतावद्ध बनाउन तथा त्यहास्थित नेपाली समूदायलाई नेपालको लोकतन्त्र र कांग्रेसप्रतिको समर्पण वृद्धि गराउने उदेश्यसहित आफुले उम्मेदवारी दिएको बताए । ‘ नेपालको लोकतन्त्र, नेपाली कांग्रेस र अमेरिका निवासी नेपालीहरुको बृहत्तर हितका लागि मैले सभापति पदमा उम्मेदवारी दिएको हुँ ।–पहारीले भने । ’जनसम्पर्कसमिती अमेरिकाको सभापति पदका लागि पहारीसहित ६ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबले सभापतिसहित ३३ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

     

    Post Views: 241
    प्रकाशित मिति: २०८३ श्रावण ३०, शनिबार ११:०९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.