• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांग्रेसको राष्ट्रिय सम्मेलन आज सकिँदै

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३१, आईतवार ०७:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसको संस्थापन इतर समुहको राष्ट्रिय सम्मेलन आज सकिँदैछ । शुक्रवार राष्ट्रिय भेलाको नाममा शुरु भई हिजो सम्मेलनमा परिणत गरिएको कार्यक्रम आज सकिन लागेको हो । सम्मेलनमा विभिन्न नेताहरुले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल गरेर निष्कर्ष निकालिने आयोजकले जनाएको छ ।

    नेता रमेश लेखकले प्रस्तुत गरेको विधान संशोधनको प्रस्ताव, विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव, एनपी साउदको समसामयिक प्रस्ताव र प्रकाशशरण महतको आर्थि{क प्रस्तावमाथि हिजो दिनभर समूहगत रुपमा छलफल गरिएको थियो । लेखकको ४३ बुँदे अवधारणा पत्रमा पार्टीको सबै तहका निर्वाचित सभापति र पदाधिकारीहरूको अविश्वास प्रस्ताव सम्बन्धमा समय सापेक्ष परिमार्जन गर्ने उल्लेख छ ।

    त्यस्तै विशेष महाधिवेशनको आयोजना हुने अवस्था र समयका बरेमा पनि स्पष्ट उल्लेख गरिएको छ । केन्द्रीय कार्यालय, केन्द्रीय कार्यसमितिबारे पनि स्पष्टताको आवश्यकता भन्दै विधान संसोधनको प्रस्तावमा थप व्याख्या गरिएको छ । गतवर्षको पुषमा आयोजना भएको विधान महाधिवेशनको वैद्यताबारे प्रश्न उठाएको यो समूहले कार्यसमिति र केन्द्रीय कार्यालयबारे स्पष्टता चाहेको बुझिएको छ ।

    यसैगरि सम्मेलनमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेता निधिले शेरबहादुर देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन आयोजना गरिने घोषणा गरे । ‘मुलुकको समसामियक विषयको प्रस्ताव’ पेश गर्दै पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका नेता एनपी साउदले पार्टीले जनतासमक्ष गल्ती स्वीकार गर्नुपर्ने धारणा राखे । आत्मसमीक्षा कमजोरी नभई सुधारको पहिलो आधार भएको उल्लेख गर्दै साउदले गल्तीबाट पाठ सिक्ने प्रतिबद्धता नागरिकसामु गर्नुपर्ने सुझाव प्रस्तुत गरेका छन् ।

    पूर्व अर्थमन्त्रीसमेत रहेका नेता डा. प्रकाशशरण महतले ‘नेपाली कांग्रेसको आर्थिक–सामाजिक नीतिको कार्यदिशा’ प्रस्ताव प्रस्तुत गरे । दश बुँदामा प्रतिवेदन प्रस्तुत गरेका महतले कांग्रेसले आगामी दिनमा आर्थिक–सामाजिक विकासका लागि लिने बाटो उल्लेख गरेका छन् ।

    Post Views: 39
    प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार ०७:२६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.