• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो, २ जना अझै बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३१, आईतवार १०:५४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । सो पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी छ ।

    जिल्ला अस्पताल जाजरकोटमा उपचारपश्चात् नेपालगन्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    शनिबार साँझ ५ः३० बजे आएको पहिरोमा परी सोही ठाउँ बस्ने ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धीबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीय सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारको लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको छ ।
    सो पहिरोमा परी बेपत्ता भएकाहरूको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आइतबार बिहानै परिचालन भएको हो ।

    यसैगरी बेपत्ता ४ जनामध्ये सोही ठाउँ बस्ने ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रती खत्रीको शव खोजीकार्यको क्रममा फेला पारिएको छ ।

    यसैगरी सोही नगरपालिका–२ चिसापानी बस्ने ७० वर्षीय भीमबहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँ बस्ने १४ वर्षीय हरिस विक अझै बेपत्ता छन् । हरिस विक. पहिरो पश्चात् घरबाट निस्किएकोमा सम्पर्कविहीन भएका हुन् ।

    खोज तथा उद्धारको लागि परिचालित टोलीले उनीहरुकोे खोजीकार्य जारी राखेको छ । सो पहिरोमा परी सोही ठाउँका ८ वटा घरहरूमा समेत ठूलो क्षति पुगेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १०:५४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.