• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

यस्तो छ कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलनले पारित गरेको ५ बुँदा

  •  नेपाल चौतारी
  • २०८३ श्रावण ३१, आईतवार १५:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको दुईदिने राष्ट्रिय सम्मेलन पाँचवटा महत्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। डा. शशांक कोइरालाको संयोजकत्वमा सम्पन्न सम्मेलनले पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय एकता तथा मेलमिलाप, धर्म–संस्कृति, संविधान संशोधनलगायत विषयमा प्रस्ताव पारित गरेको हो।

    सम्मेलनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा उक्त महाधिवेशन शेरबहादुर देउवाको सभापतित्वमा हुने प्रस्ताव पारित गरेको छ। साथै, १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजकले समन्वय गर्ने निर्णय गरिएको छ।

    संस्थापन इतर समूहले शेरबहादुर देउवालाई नै पार्टी सभापति मान्दै आएको छ। गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भए पनि त्यसविरुद्ध यो समूहले पुनरावेदन दिएको छ। सर्वोच्च अदालतले उक्त विषयमा पुनः सुनुवाइ गर्न आदेश दिइसकेको छ।

    पारित पाँच प्रस्ताव यस्ता छन् :

    १. १५औँ महाधिवेशनबारे:
    १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा शेरबहादुर देउवाको सभापतित्वमा महाधिवेशन सम्पन्न हुने विश्वास सम्मेलनले व्यक्त गरेको छ। १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजकले समन्वय गर्ने निर्णय गरिएको छ।

    २. राष्ट्रिय एकता तथा मेलमिलाप:
    २०३३ सालमा बीपी कोइरालाले तत्कालीन राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सारेर स्वदेश फर्किएको स्मरण गर्दै वर्तमान अवस्थामा पनि राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्ने प्रतिबद्धता सम्मेलनले जनाएको छ। राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ बनाउन सक्रिय रहने प्रस्तावमा उल्लेख छ।

    ३. धर्म तथा संस्कृति:
    नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृति राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। हिन्दु, बौद्ध, किरात तथा प्रकृत धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरिएको छ।

    ४. संविधान संशोधन:
    वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमा व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक निकास खोज्ने प्रस्ताव पारित गरिएको छ।

    ५. प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी:
    सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई परिमार्जनसहित लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा तोकिएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगी रहनेछन्।

    Post Views: 50
    प्रकाशित मिति: २०८३ श्रावण ३१, आईतवार १५:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.