• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १, सोमबार ०७:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ -अष्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागी हुँदैछ। अघिल्लो संस्करणमा सिनियर टोली पठाएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले यसपटक भने अनिलकुमार साहको कप्तानीमा नेपाल ‘ए’ टोलीलाई प्रतिस्पर्धामा उतार्दैछ।

    अनुभवी र युवा खेलाडीको मिश्रण रहेको टोलीका लागि यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा आफूलाई प्रमाणित गर्ने अवसरसमेत बन्नेछ। नेपालले अघिल्लो संस्करणमा छ खेल खेल्दा दुईमा जित र चार खेलमा हार व्यहोरेको थियो। यसपटक ‘ए’ टोलीसामु उक्त नतिजा सुधार्ने चुनौती छ।

    मुख्य प्रशिक्षक राजु बस्न्यातले टोलीले पछिल्लो १०–१२ दिन नियमित अभ्यास गरेको र अष्ट्रेलियाको फरक कन्डिसन चुनौतीपूर्ण भए पनि सकारात्मक नतिजाको अपेक्षा गरिएको बताए। उनका अनुसार नेपाली क्रिकेटको दीर्घकालीन खेलाडी विकासका लागि ‘ए’ टोलीको अवधारणा महत्त्वपूर्ण छ। ‘ए’ टोलीबाट नयाँ खेलाडी सिनियर टोलीमा पुग्ने तथा लय गुमाएका सिनियर खेलाडीले पुनरागमनको अवसर पाउने भएकाले यसले नेपालको खेलाडीको आधार फराकिलो बनाउन सहयोग गर्ने उनको भनाइ छ।

    कप्तान साहले पनि अष्ट्रेलियाको कन्डिसनलाई ध्यानमा राखेर योजनाबद्ध अभ्यास गरिएको बताएका छन्। छोटो तयारीका बाबजुद टप एन्ड टी–२० जस्तो प्रतियोगितामा प्राप्त अवसर सदुपयोग गर्ने लक्ष्य रहेको उनले बताए।

    नेपालले अगस्ट २१ मा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध पहिलो खेल खेल्नेछ। त्यसपछि अगस्ट २२ मा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ मा होबार्ट हरिकेन्स, २६ मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ मा हैदराबाद किङ्समेन एकेडेमी र २९ मा भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

    टप एन्ड टी–२० पछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ। सिनियर टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले यसपटक ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउन लागिएको हो।

    नेपाल ‘ए’ टोलीमा कप्तान अनिलकुमार साहसँगै कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री छन्।

    Post Views: 53
    प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार ०७:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.