• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २, मंगलवार १४:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट उत्तर कोरियाली नेता किम जोङ–उनसँग आफ्नो सम्पर्क पुनः स्थापित भएको सङ्केत गरेका छन् ।

    उनले किमले आफूले गरेको पछिल्लो सम्पर्क प्रयासको जवाफ दिएको र दुई नेताबीचको संवाद सकारात्मक रहेको बताएका हुन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पहिलो कार्यकालमा तीनपटक भेटेका किमसँगको सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्था ‘धेरै सुरक्षित’ बनाएको दाबी गरे। दोस्रो कार्यकाल सुरु भएपछि भने उनीहरूको प्रत्यक्ष भेट भएको छैन ।

    गत वर्ष दोस्रोपटक राष्ट्रपति पद सम्हालेपछि किमसँग कुराकानीका लागि आफूले गरेको अनुरोधको जवाफ नआएको हो कि भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूलाई ‘तपाईंलाई कसरी थाहा छ कि उहाँले प्रतिक्रिया दिनुभएको छैन ?’ भनेर प्रतिप्रश्न गरे ।

    किमले वास्तवमै जवाफ दिएको हो कि होइन भन्ने प्रश्नमा उनले ‘हो, उहाँले दिनुभएको छ’, भने । किमसँगको कुराकानी कुन चरणमा पुगेको छ भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले संवाद ‘धेरै सकारात्मक’ रहेको बताए । उनले सम्पर्कको माध्यम वा सम्भावित वार्ताबारे भने थप विवरण दिएनन् ।

    राष्ट्रपति ट्रम्पले किमको प्रशंसा गर्दै दुई नेताबीचको सम्बन्धले तनाव कम गर्न सहयोग गरेको बताए । ‘म वास्तवमा यसलाई धेरै सुरक्षित बनाउँदैछु । किम जोङ–उनले मलाई सधैँ निकै सम्मानका साथ व्यवहार गर्नुभएको छ । म उहाँलाई बुझ्छु र उहाँले मलाई बुझ्नुहुन्छ’, उनले भने ।

    यसअघि आइतबार राति राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामार्फत दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासप्रति असन्तुष्टि जनाउँदै पेन्टागनलाई अभ्यास फिर्ता लिन आदेश दिएको घोषणा गरेका थिए । उनले अभ्यासलाई ‘अनुचित र शत्रुतापूर्ण’ भन्दै दक्षिण कोरियाले इरानविरुद्धको अमेरिका–इजरायल युद्धमा सहयोग गर्न अस्वीकार गरेको विषयसँग पनि निर्णयलाई जोडेका थिए ।

    दक्षिण कोरियामा करिब ३९ हजार अमेरिकी सैनिक रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट दक्षिण कोरियालाई सुरक्षा दिइरहेको अवस्थामा इरानमा अमेरिकालाई सहयोग गर्न नसक्नु आश्चर्यजनक भएको बताए ।

    उनले इरानविरुद्धको सैन्य कारबाहीमा सहयोग नगर्ने दक्षिण कोरिया र नाटोका अन्य सहयोगी मुलुकप्रति पनि अमेरिकी समर्थनमाथि प्रश्न उठाएका छन् ।

    ‘हामी वरिपरि गएर यी सबै देशको रक्षा गर्न सक्दैनौँ, विशेष गरी उनीहरू हामीलाई सहयोग गर्न त्यहाँ नहुँदा’, राष्ट्रपति ट्रम्पले भने । दक्षिण कोरियाली अधिकारीहरूले भने निर्धारित कार्यक्रमअनुसार सैन्य अभ्यास सुरु भएको र वासिङ्टनसँगको समन्वय कायम रहेको बताएका छन् ।

    राष्ट्रपति ली जे म्युङको कार्यालयले मङ्गलबार अभ्यासको उद्देश्य उत्तर कोरियामाथि आक्रमण गर्नु वा कोरियाली प्रायद्वीपमा तनाव बढाउनु नभएको स्पष्ट पारेको छ ।

    राष्ट्रपति लीले अभ्यासको मूल उद्देश्य कुनै विशेष पक्षलाई शत्रुका रूपमा व्यवहार गर्नु नभई दक्षिण कोरियाली जनताको सुरक्षित र शान्तिपूर्ण दैनिक जीवन सुनिश्चित गर्नु रहेको बताएको उनको कार्यालयले जनाएको छ ।

    उत्तर कोरियाले पछिल्लो अभ्यासबारे सार्वजनिक प्रतिक्रिया दिएको छैन । यद्यपि प्योङयाङले दक्षिण कोरिया र अमेरिकाबीच नियमित रूपमा हुने संयुक्त सैन्य अभ्यासलाई लामो समयदेखि आफूविरुद्धको आक्रमणको तयारीका रूपमा आलोचना गर्दै आएको छ ।

    एघार दिनसम्म सञ्चालन हुने उल्ची फ्रिडम सिल्ड अभ्यास उत्तर कोरियासँग सम्भावित युद्धका लागि अमेरिकी तथा दक्षिण कोरियाली सेनाको संयुक्त तयारी र क्षमताको परीक्षण गर्न आयोजना गरिएको हो ।

    अमेरिका–दक्षिण कोरिया संयुक्त सेनाको कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले अभ्यासमा युक्रेनविरुद्धको युद्धमा रुसका पक्षमा तैनाथ उत्तर कोरियाली सेनासँग सम्भावित भिडन्तको अवस्थासमेत अभ्यास गरिने बताएका छन् । सियोलको राष्ट्रपति कार्यालयले अभ्यासका क्रममा वासिङ्टनसँग ‘घनिष्ठ समन्वय’ भइरहेको जनाएको छ ।

    अमेरिकाले दक्षिण कोरियाको सुरक्षाका लागि करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्ध शान्ति सम्झौतामा नभई युद्धविराममा समाप्त भएपछि दक्षिण कोरियामा अमेरिकी सैन्य उपस्थिति निरन्तर रहँदै आएको हो ।

    तर राष्ट्रपति ट्रम्पले परम्परागत अमेरिकी गठबन्धन र सहयोगी मुलुकप्रति बारम्बार व्यक्त गर्दै आएको आलोचनाले पूर्वी एसियामा अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि पुनः प्रश्न उठाएको छ ।

    सैन्य अभ्यास र अमेरिकी सैनिक उपस्थितिमा सम्भावित परिवर्तनले दक्षिण कोरिया मात्र नभई जापानलगायत क्षेत्रका उनय सहयोगी मुलुकमा समेत सुरक्षा चिन्ता बढाउन सक्ने देखिएको छ ।

    प्रशान्त क्षेत्रमा सञ्चालित अमेरिकी विमानवाहकमध्ये युएसएस जर्ज वासिङ्टनलाई लामो समयदेखि तैनाथ युएसएस अब्राहम लिङ्कनलाई राहत दिन मध्यपूर्वतर्फ पुनः तैनाथ गरिएको छ । युएसएस लिङ्कनमा मानसिक स्वास्थ्य तथा आपूर्ति व्यवस्थासम्बन्धी समस्याबारे पनि चिन्ता व्यक्त गरिएको छ ।

    Post Views: 20
    प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १४:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.