• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कर्नाटकविरुद्धको अभ्यास खेलमा नेपाल १८८ रनमा ‘अलआउट’

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २, मंगलवार १६:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं ।भारतको कर्नाटक राज्य क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपालले जितका लागि १८९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपाली टोली ४५ ओभरमा १८८ रन बनाउँदै अलआउट भयो।

    नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४९ रनको इनिङ्स खेले। ७० बल सामना गरेका उनी २ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक बनाउन मात्र १ रनले चुके।

    यस्तै, इशान पाण्डेले ४९ बलमा ३ चौकाको मद्दतले ३४ रन जोडे भने देव खनाल र सन्दीप जोराले समान २७/२७ रनको योगदान दिए। तल्लो क्रममा बसिर अहमद १९ रनमा अविजित रहँदा गुलशन झाले ११ रन बनाए।

    नेपाली शीर्ष र मध्यक्रमका अन्य ब्याटरहरू भने चल्न सकेनन्। ओपनर अर्जुन कुमाल र करण केसी शून्य रनमै पेभेलियन फर्किए भने रोहित पौडेल ४, सन्दीप लामिछाने २ र शेर मल्ल १ रनमै आउट भए।

    कर्नाटकका बलर कीर्ति एमले उत्कृष्ट बलिङ गर्दै सर्वाधिक ५ विकेट लिए। उनले ८ ओभरमा १ मेडनसहित मात्र २० रन खर्चेका थिए।

    यस्तै, आदित्य गोयल, अरविन्द कुमार राई, चिरन्त शिवरुद्र, सागर गौतम र समर्थ श्रीनिवासले समान १/१ विकेट हात पारे।

    नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउँदै कर्नाटकले अबको केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

    Post Views: 35
    प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १६:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.