• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि कार्यविधि तयार, प्रतिव्यक्ति १२ लाखसम्म खर्च गर्न सकिने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २, मंगलवार १८:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं – विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि सरकारले कार्यविधि तयार गरेको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको ‘विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार, राहत तथा घरफिर्तीका लागि विनियोजित बजेट सञ्चालन गर्ने कार्यविधि, २०८३’ स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।

    परराष्ट्र मन्त्रालयले गत साउन २९ गते कार्यविधि अर्थ मन्त्रालयमा पठाएको हो । अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि कार्यविधि कार्यान्वयनमा ल्याइने परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा जानकारी दिए ।

    सरकारले चालु आर्थिक वर्षमा विदेशमा अलपत्र नेपालीको उद्धार, राहत तथा घरफिर्तीका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेट सञ्चालनका लागि कार्यविधि तयार पारिएको हो ।

    रास्वपाकी सांसद आशिका तामाङले धादिङको धुनिवेशी नगरपालिका–जुगाडीका सन्तोष राईको कम्बोडियामा उपचारका क्रममा मृत्यु भएपछि शव नेपाल ल्याउन ढिलाइ भएको विषय संसद्मा उठाएकी थिइन् । सो विषयमा सभामुखको रुलिङपछि जवाफ दिँदै मन्त्री खनालले सरकारले उद्धार तथा शव फिर्तीका लागि आवश्यक स्रोत व्यवस्थापन गरेको जानकारी दिए ।

    उनका अनुसार कार्यविधिमा विदेशमा अलपत्र नेपालीको उद्धारका लागि प्रतिव्यक्ति अधिकतम १२ लाख रुपैयाँसम्म खर्च गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । बिरामी भएर उपचार आवश्यक पर्ने अवस्थाका लागि पनि सीमित प्रावधान राखिएको छ ।

    मन्त्री खनालले कार्यविधि तयार गर्न ढिलाइ भएको विषय रकम दुरुपयोग हुन नदिने उद्देश्यसँग जोडिएको बताए । उनका अनुसार विदेशमा अलपत्र नागरिकको उद्धारमा रकम कहाँ र कुन अवस्थामा प्रयोग गर्ने भन्ने विषयमा गम्भीरतापूर्वक अध्ययन गरेर कार्यविधि बनाइएको हो ।

    सन्तोष राईको शव ल्याउन करिब एक हजार डलर खर्च लाग्ने
    धादिङका सन्तोष राईको गत १४ मे २०२६ मा कम्बोडियाको कालमेट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको शव हाल कम्बोडियाको नोमपेन्हस्थित अस्पतालमा राखिएको छ ।
    बैंककस्थित नेपाली दूतावासबाट प्राप्त जानकारीअनुसार उपचारको बाँकी शुल्क, शव गृहमा राखेबापतको शुल्क र पार्थिव शरीर नेपाल ल्याउँदा लाग्ने हवाई भाडासहित करिब एक हजार अमेरिकी डलर खर्च हुने मन्त्री खनालले बताए ।

    वैधानिक र अवैधानिक रूपमा विदेश जानेको उद्धारमा फरक
    मन्त्री खनालले वैधानिक रूपमा, विशेषगरी श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको उद्धार तथा शव फिर्ती प्रक्रिया तुलनात्मक रूपमा सहज हुने बताए । वैदेशिक रोजगार विभागमार्फत हुने बीमाका कारण त्यस्ता नागरिकको उद्धार तथा राहत व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ ।

    तर, अवैधानिक बाटोबाट विदेश जाने नागरिकको उद्धारमा कानुनी तथा आर्थिक जटिलता रहेको उनले बताए । सरकारले निषेध गरेका वा कानुनविपरीत गतिविधिमा संलग्न भएर विदेश पुगेका नागरिकको उद्धारमा राज्यकोष प्रयोग गर्दा त्यस्ता गतिविधि प्रोत्साहित हुन सक्ने विषयमा समेत ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।

    उनले नागरिकको संरक्षण गर्नु राज्यको दायित्व भए पनि करदाताले तिरेको सार्वजनिक रकमको कानुनी र उचित उपयोग गर्नु पनि सरकारको जिम्मेवारी रहेको बताए ।

    चार महिनामा १६० शव नेपाल ल्याइयो
    मन्त्री खनालका अनुसार पछिल्लो चार महिनामा मात्रै करिब १६० नेपाली नागरिकको शव नेपाल ल्याइएको छ ।

    त्यस्तै, श्रम सम्झौता नभएको कम्बोडियामा भिजिट भिसामार्फत पुगेर स्क्याम सेन्टरमा काम गरिरहेका करिब ८६० नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको उनले जानकारी दिए ।

    विदेशमा समस्यामा परेका नेपालीलाई मानवीय दृष्टिकोणबाट सहयोग गर्नुपर्ने भए पनि सीमित सार्वजनिक स्रोतको प्रभावकारी उपयोग र राज्यको समग्र जिम्मेवारीलाई ध्यान दिनुपर्ने मन्त्री खनालको भनाइ छ ।

    Post Views: 33
    प्रकाशित मिति: २०८३ भाद्र २, मंगलवार १८:०१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.