• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ४, बिहीबार ०८:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

    निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ ।

    यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो । संसदमा बीएनपीको दुई तिहाइ भन्दा बढी बहमुत छ । त्यसैले मिर्जा फखरुल इस्लाम आलमगीरको जित सुनिश्चित मानिएको छ ।

    उनी पेशाले अर्थशास्त्री हुन् । सन् १९९० को दशकमा उनी बीएनपीको राजनीतिमा आबद्ध भएका थिए । उनी पहिले कृषि राज्यमन्त्री र स्थानीय मन्त्री समेत बनेका थिए।

    मतगणना लाइभ प्रसारण हुने, विजेताको शपथ भोलि नै राष्ट्रपति निर्वाचनमा ३४९ सांसद सहभागी हुनेछन् । राष्ट्रपति निर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण हुनेछ ।

    नवनिर्वाचित राष्ट्रपतिले भोलि शुक्रबार साँझ नै बंगभवनको दरबार हलमा नयाँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

    अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले स्वास्थ्य कारण देखाउँदै आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्नुअघि नै गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चुन्न निर्वाचन हुन लागेको हो ।

    बंगलादेशमा हाल सभामुख हाफिज उद्दीन अहमद कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा छन् ।

    बंगलादेशको संविधान अनुसार पदरिक्त भएको ९० दिनभित्र राष्ट्रपति निर्वाचन गराउनुपर्छ ।

    Post Views: 40
    प्रकाशित मिति: २०८३ भाद्र ४, बिहीबार ०८:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.