• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

टप एन्ड टी–२० : पहिलो खेलमा आज अस्ट्रेलियाको एनटी स्ट्राइकसँग भिड्दै नेपाल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ५, शुक्रबार ०७:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपाल ‘ए’ ले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक एनटी स्ट्राइकको सामना गर्नेछ। खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोली अस्ट्रेलिया पठाएको हो। टोलीमा कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, रासिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।

    प्रतियोगिताको लिग चरणमा नेपालले कुल ६ खेल खेल्नेछ। एनटी स्ट्राइकविरुद्धको खेलपछि नेपालले अगस्ट २२ मा बङ्गलादेश ‘हाइ–परफर्मेन्स’ टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

    त्यसपछि नेपालले अगस्ट २४ मा हरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स तथा त्यसपछि किङ्समेन र भिक्टोरियासँग खेल्ने तालिका रहेको छ।

    नेपालले यसअघि पनि टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाएको थियो। अघिल्लो संस्करणमा नेपालले ६ खेल खेल्दा दुई खेलमा जित निकाल्दा चार खेलमा पराजित भएको थियो।

    Post Views: 37
    प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार ०७:०७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.