• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ५, शुक्रबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाजुरा। बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन्। पर्याप्त जनशक्ति, औषधि तथा उपकरणको अभाव रहे पनि दुवै स्थानीय तहले स्थानीय नागरिकलाई आफ्नै पालिकामा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याएका हुन्।

    गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पतालको बुधबार गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले औपचारिक उद्‍घाटन गरेका थिए। अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सेवा सुरु गरिएको हो।

    अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि, उपकरण तथा आवश्यक जनशक्ति व्यवस्थापनमा ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको अध्यक्ष रोकायाले बताए। अहिले उपलब्ध पूर्वाधार र जनशक्तिबाट सीमित स्वास्थ्य सेवा सुरु गरिएको उनले जानकारी दिए।

    अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। तत्काल चिकित्सक उपलब्ध हुन नसकेकाले उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए। आवश्यक जनशक्ति, औषधि र उपकरणको थप व्यवस्थापन गरी सेवा विस्तार गर्ने तयारी भइरहेको उनको भनाइ छ।

    गाउँपालिका उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए। यसअघि सामान्य स्वास्थ्यचौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीलाई अस्पताल सञ्चालनपछि थप स्वास्थ्य सेवा सहज हुने अपेक्षा गरिएको छ।

    यसैगरी, जगन्नाथ गाउँपालिकाले जुड्डीमा निर्माण भएको १० शय्याको आधारभूत अस्पताल २०८० चैतदेखि सञ्चालन गर्दै आएको छ। ११ करोड ७८ लाख ४५ हजारको लागतमा निर्माण भएको उक्त अस्पतालमा अझै केही जनशक्ति तथा उपकरणको अभाव रहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीले बताए।

    उनका अनुसार २०८२ चैतदेखि मेडिकल अधिकृतको एक पद रिक्त छ। रिक्त पदमा चिकित्सक नियुक्तिका लागि गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ।

    सरकारले स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विसं २०७७ मा देशभर ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो।

    जिल्लाका अन्य स्थानीय तहमा भने आधारभूत अस्पताल सञ्चालनमा आउन सकेका छैनन्। जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए।

    बुढीगङ्गा नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। जिल्लाका अन्य स्थानीय तहमा पनि आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन्।

    गौमुलमा अस्पताल सञ्चालनमा आएपछि सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढीसम्म पुग्नुपर्ने स्थानीयवासीको बाध्यता कम हुने अपेक्षा गरिएको छ।

    Post Views: 44
    प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार ०८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.