• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ५, शुक्रबार २१:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सरकारमा मन्त्री बनेका आफ्ना तीन सांसदलाई कारबाही नगर्नुपर्ने कारणसहित १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

    राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णयविपरीत एमाले र नेकपा गठबन्धन नेतृत्वको बागमती प्रदेश सरकारमा सहभागी भएको भन्दै सांसदहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङसँग स्पष्टीकरण मागिएको उल्लेख छ।

    राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि नै बागमती प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको छ। थापाले आफ्नो व्यक्तिगत लेटरप्याड प्रयोग गर्दै बागमती सरकारलाई पार्टीको तर्फबाट समर्थन रहेको जनाएका थिए।

    सोही आधारमा एमाले र नेकपा गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्री बनेका किरण थापाले राप्रपाका तीन सांसदलाई मन्त्री नियुक्त गरेका थिए।

    राप्रपाले भने पार्टीको निर्णय र निर्देशनविपरीत मन्त्री पदको शपथ लिएको भन्दै राजु विष्ट, राजेन्द्र प्रजापति र गीरबहादुर तामाङलाई स्पष्टीकरण सोधेको हो।

    प्रवक्ता श्रेष्ठका अनुसार केन्द्रीय अनुशासन समितिले उनीहरूलाई ‘किन कारबाही नगर्ने’ भन्ने विषयमा १२ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न समय दिएको छ।

    Post Views: 92
    प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार २१:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.