• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ५, शुक्रबार २१:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद चर्किरहेका बेला ‘विशेष महाधिवेशन’ पक्षबाट आयोजना हुने अधिवेशन तथा महाधिवेशनका गतिविधिमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

    कोइरालाले विशेष महाधिवेशन पक्षका गतिविधिलाई ‘अवैधानिक र विभाजनकारी’ भन्दै यस्ता कार्यक्रम आयोजना नगर्न र नगराउन अपिल गरेका हुन् । उनले पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यलाई त्यस्ता गतिविधिबाट अलग रहन आग्रह गरेका छन् ।

    उनका अनुसार कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डिभिजन इजलासको निर्णयविरुद्ध पुनरावलोकनका लागि दिएको निवेदनमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको अनुमति (निस्सा) समेत दिइसकेको उनले उल्लेख गरेका छन् ।

    मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको निर्णय गर्दै कार्यतालिका सार्वजनिक गर्नुले पार्टीभित्र थप विवाद सिर्जना गर्ने कोइरालाको तर्क छ ।

    विशेष महाधिवेशनका गतिविधिका कारण कांग्रेसको केन्द्रीय कार्यसमिति नै समानान्तर रूपमा विभाजित भएको उल्लेख गर्दै उनले थप अधिवेशन वा महाधिवेशन आयोजना गरिए पार्टीको तल्लो तहसम्मै संरचनागत विभाजन निम्तिन सक्ने चेतावनी दिएका छन् ।

     

    यस्तो विभाजनको असर आगामी स्थानीय तह तथा प्रदेश सभा सदस्य निर्वाचनमा समेत पर्न सक्ने उनको भनाइ छ । पार्टीलाई सुदृढ, सबल र गतिशील बनाउन अहिले सांगठनिक तथा भावनात्मक एकता कायम गर्नु आवश्यक रहेको कोइरालाले बताएका छन् ।

    Post Views: 136
    प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार २१:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.