• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

पूर्वमन्त्री दिपक खड्काको प्रश्न : गगनको राजिनामा किन फिर्ता भयो ? के का लागि भयो ?

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ६, शनिबार ०७:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्काले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले गत फागुनमा सम्पन्न निर्वाचनपछि दिएको भनिएको राजिनामा किन फिर्ता भयो भनि प्रश्न गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता खड्काले थापाको राजिनामा फिर्ता के का लागि भयो भन्दै ठोस् कारण सार्वजनिक गर्न माग गरेका हुन् ।

    अघिल्लो प्रतिनिधिसभामा ८९ सिटसहित पहिलो दल रहेको नेपाली कांग्रेसले १६५ प्रत्यक्ष सिटमध्ये १८ सिटमा सिमित रहन पुगेको स्मरण गराउँदै खड्काले संगठन र जनमतबीचको दूरी र परिस्थिति बुझ्न नसक्दा इतिहासले अर्को अध्याय लेखेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–“निर्वाचन परिणामको जिम्मेवारी लिँदै सभापतिले राजीनामा दिएको भनियो तर पछि राजीनामा फिर्ता किन ? के का लागि भयो ! ठोस कारण सार्वजनिक भएन ।”

    अहिले लोकतन्त्र संकटमा परेको जिकिर गर्दै नेता खड्काले सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा, केही बायस्ड सञ्चारमाध्यममा आफ्नो समर्थनमा लेखाउदैमा र समर्थन जुटाउँदैमा वा आफूभन्दा फरक विचार राख्नेहरूमाथि निरन्तर प्रहार गर्दैमा पार्टी बलियो नबन्ने पनि दाबी गरेका छन् । कुशल नेतृत्वको वास्तविक परीक्षा भनेको फरक विचार राख्नेहरूलाई पनि साथमा लिएर हिँड्न सक्नु, संगठनलाई एकताबद्ध राख्नु, कार्यकर्ताको मन जित्नु र जनताको विश्वास कायम राख्नु भएको पनि उनले लेखेका छन् ।

    सबै पक्षलाई समेटेर पार्टीलाई बलियो बनाउने कुरामा १३ औं र १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाबाट सिक्न सकिने भन्दै उनले बारम्बार महाधिवेशनको चर्चा र मिति तोक्नु मात्र पर्याप्त नहुने पनि टीप्पणी गरेका छन् । महाधिवेशनको वास्तविक अर्थ संगठनभित्रको लोकतन्त्र, सहमति, सहभागिता र सबैको सम्मान सुनिश्चित गर्नु भएको खड्काको टीप्पणी छ । आफ्नो वरिपरि प्रशंसा गर्ने केही मानिस, सामाजिक सञ्जालका समर्थक र सीमित सञ्चारमाध्यमको सकारात्मक प्रचारले क्षणिक रूपमा राम्रो देखिन सकिएला, तर इतिहास र अन्ततः जनमतले नेतृत्वको वास्तविक मूल्यांकन गर्ने उनको विश्वास छ ।

    सभापति थापातर्फ संकेत गर्दै उनले लेखेका छन्– “दुईमध्ये एउटा बाटो रोज्नुपर्छ र भन्नुपर्छ – पहिलो– ‘म सबैलाई मिलाउन सक्दिनँ’ भनेर आफ्नो सीमितता स्वीकार गर्ने, वा दोस्रो– ‘सबै पक्षलाई समेटेर नेपाली कांग्रेसलाई बलियो, एकताबद्ध र जनविश्वासयोग्य पार्टी बनाउने।’ किनकि कुर्सी प्राप्त गर्नु मात्र नेतृत्व होइन । त्यो कुर्सीमा बसेर इतिहासको जिम्मेवारी पूरा गर्नु नै वास्तविक नेतृत्व हो।”

    इतिहासमा लेखिएको सत्य कुरा नमेटिँने भन्दै खड्काले आज लेखिँदै गरेको कांग्रेसको इतिहास भोलिको पुस्ताले पढ्ने पनि स्मरण गराएका छन् । खड्काले थपेका छन्– ‘सहमति, सहकार्य र एकता आजको आवश्यकता हो ।’

    Post Views: 1,066
    प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार ०७:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.