• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ६, शनिबार १०:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनकपुरधाम । जनकपुरधामका पोखरी तथा गुठी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले डोजर परिचालन गरेको छ। संस्थानले आजदेखि अतिक्रमित संरचना हटाएर जग्गा खाली गराउने अभियान सुरु गरेको हो।

    गुठी संस्थान जनकपुरधामका प्रमुख किशोरकुमार झाका अनुसार जनकपुरधाम–४ स्थित पेठीया बजारनजिकको गोरधोइ पोखरीबाट अतिक्रमित संरचना हटाउन थालिएको हो। संस्थानले पटक–पटक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई आफैँ संरचना हटाउन आग्रह गरे पनि अटेर गरेपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायको समन्वयमा डोजर चलाइएको उनले बताए।

    संस्थानले जनकपुरधामका सातवटा पोखरीमा भएको अतिक्रमणको लगत सङ्कलन गरी जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको छ। लगत सङ्कलनका क्रममा केही स्थानमा ठूलो क्षेत्रफल र केही ठाउँमा सामान्य रूपमा अतिक्रमण भएको पाइएको प्रमुख झाले जानकारी दिए।

    उनका अनुसार जनकपुरधाममा गुठी संस्थानअन्तर्गत ४९ वटा पोखरी रहेका छन्। पोखरी, मठमन्दिर तथा अन्य गुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानका प्रशासक ध्रुव घिमिरेको संयोजकत्वमा गठित नौ सदस्यीय समितिले काम गरिरहेको छ।

    समितिले सङ्कलन गरेको विवरणका आधारमा प्रतिवेदन तयार गरी संस्थानको केन्द्रीय कार्यालयमा बुझाइसकेको छ। प्रमुख झाका अनुसार जनकपुरधाममा गुठी संस्थानको करिब २२ देखि २५ बिघा जग्गा अतिक्रमणमा परेको अनुमान गरिएको छ।

    रत्नसागर क्षेत्रमा मात्रै करिब नौ बिघा तथा बेलाकुट्टी क्षेत्रमा चार बिघाभन्दा बढी गुठी जग्गा अतिक्रमण भएको संस्थानको अनुमान छ। अतिक्रमित जग्गा पहिचान गरी चरणबद्ध रूपमा खाली गराउने प्रक्रिया अघि बढाइएको संस्थानले जनाएको छ।

    Post Views: 115
    प्रकाशित मिति: २०८३ भाद्र ६, शनिबार १०:३७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.