• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ८, सोमबार ०७:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काभ्रेपलाञ्चोक, ८ भदौ । काभ्रेपलाञ्चोकलाई नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय नमूना तथा सिकाइ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइएको छ । जिल्लामा प्राथमिक स्वास्थ्य सेवा थप सुदृढ गर्दै काभ्रेलाई राष्ट्रियस्तरको सिकाइ केन्द्र बनाउने विषयमा १३ वटै स्थानीय तहका प्रमुखले प्रतिबद्धता जनाएका हुन् ।

    स्वास्थ्य सेवा विभागको नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. पोमावती थापाले जिल्लामा नसर्ने रोगको रोकथाम तथा व्यवस्थापनका क्रममा हासिल भएका उपलब्धि, अनुभव र सिकाइबारे कार्यपत्र प्रस्तुत गर्दै उच्च रक्तचापबाट हुनसक्ने जटिलता न्यूनीकरणमा कार्यक्रम प्रभावकारी देखिएको बताए।

    २०७९ भदौ १७ गतेदेखि सञ्चालनमा रहेको अभियानअन्तर्गत जिल्लाका १३ स्थानीय तहका १६७ स्वास्थ्य संस्थाबाट उच्च रक्तचापका बिरामीको पहिचान, उपचार तथा नियमित निगरानी भइरहेको छ । स्थानीय सरकार र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा हालसम्म ६१८ स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । जिल्लामा करिब १० हजार व्यक्ति नियमित रूपमा उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् ।

    स्वास्थ्य सेवा विभागका अनुसार काभ्रेपलाञ्चोकमा सञ्चालन गरिएको यो नमूना कार्यक्रम नेपालमै पहिलो हो । काभ्रेको अनुभवका आधारमा कार्यक्रम पर्सा, बारा, कैलाली र इलाममा समेत विस्तार गरिएको छ । आगामी दिनमा अन्य जिल्लामा पनि क्रमशः कार्यक्रम विस्तार गर्ने तयारी विभागको छ ।

    तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष एक लाख ३७ हजारभन्दा बढी मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ भने करिब ४७ लाख व्यक्ति उच्च रक्तचापको जोखिममा छन् । नसर्ने रोगको प्रभावकारी व्यवस्थापनका लागि दक्ष स्वास्थ्यकर्मीबाट सेवा, उपचारसम्बन्धी प्रोटोकलको पालना, प्रभावकारी बिरामी प्रेषण प्रणाली, नियमित ‘ट्र्याकिङ’ तथा ‘फलोअप’, औषधिको निरन्तरता र पर्याप्त आपूर्तिमा जोड दिइएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनका वरिष्ठ स्वास्थ्य नीति सल्लाहकार डा. ग्याम्पो दोर्जीले काभ्रेको अनुभव अन्य जिल्लाका लागि समेत महत्वपूर्ण हुने बताउँदै बिरामीको नियमित निगरानी र औषधि सेवनको निरन्तरतामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले काभ्रेको सिकाइ देशभरका लागि नमूना बन्न सक्ने बताए।

    कार्यक्रममा उच्च रक्तचापको उपचारबाट लाभ लिइरहेका दुई सेवाग्राहीले स्वास्थ्यकर्मीको नियमित सेवा र औषधि सेवनका कारण आफूहरूले नयाँ जीवन पाएको अनुभव सुनाए । उनीहरूले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन जनचेतनामूलक प्रचारप्रसारलाई व्यापक बनाउन सुझाव दिए ।

    ‘गोलमेच नीतिगत संवाद’ नाम दिइएको कार्यक्रममा नौबुँदे प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा नागरिकलाई स्वास्थ्य सेवाको केन्द्रमा राख्ने, नसर्ने रोगसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै सेवा विस्तार गर्ने तथा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यलाई थप सुदृढ गर्ने उल्लेख छ ।

    त्यसैगरी, काभ्रेलाई प्राथमिक स्वास्थ्य सेवाको राष्ट्रिय सिकाइ केन्द्रका रूपमा विकास गर्ने, स्रोत परिचालन तथा समन्वयमार्फत कार्यक्रमको दिगोपन सुनिश्चित गर्ने, तथ्य र परिणाममा आधारित जवाफदेहिता कायम गर्ने तथा राष्ट्रिय स्वास्थ्य प्रणाली रूपान्तरणमा स्थानीय तहको नेतृत्व स्थापित गर्ने प्रतिबद्धता जनाइएको छ ।

    काभ्रेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सिकाइ र नमूना केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धतामा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखले हस्ताक्षर गरेका छन् । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, बागमती प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, काभ्रेका १३ स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयले स्वामित्व ग्रहण गरेका छन् ।

    Post Views: 74
    प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार ०७:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.