• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ८, सोमबार ०८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन। चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री बनाउने गरी काम अघि बढाइएको छ ।

    बिरामीको उच्च चापको व्यवस्थापन गर्दै अस्पताल प्रशासनले चिकित्सक, कर्मचारीलाई सेवाग्राहीसँग गरिने व्यवहार राम्रो बनाउन अभिमुखीकरण कार्यक्रम पनि गर्न सुरु गरेको छ ।

    बिरामीको सेवामा रहने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सेवाग्राहीसँग मीठो बोल्न र राम्रो व्यवहार गर्न भनिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेका अनुसार सबै विभागहरुमा व्यवहारलाई राम्रो गराउन अभिमुखीकरण गर्न थालिएको छ । तीन त्यस्ता कार्यक्रम गरी सकिएको छ ।

    उहाँले भन्नुभयो, “यहाँ आउने सेवाग्राहीलाई हामी सबैले राम्रो व्यवहार गरेर उपचार दिनुपर्छ भन्ने भावनाको विकास गरिरहेका छौँ ।” कतिपय समयमा काम गर्ने क्रममा हुने व्यवहारका कारण समस्या आउने गरेको छ । यसैका कारण अस्पतालमा आउने सेवाग्राही र अस्पतालका चिकित्सक कर्मचारी बीचमा द्वन्द्व हुने गरेको छ ।

    अस्पताल प्रमुख डा बगालेका अनुसार अस्पतालमा उपचारका लागि आउने बिरामी तथा आफन्तले भोग्ने व्यवहार र अस्पतालको वातावरणले उपचार सेवाप्रतिका विश्वासमा समेत प्रभाव पार्दछ । उहाँले भन्नुभयो “चिकित्सक, नर्स तथा अन्य कर्मचारीलाई सेवाग्राहीसँग सम्मानजनक, सहयोगी र शिष्ट व्यवहार गर्न निर्देशन दिइएको छ । यसलाई नै प्राथमिकता दिँदै अभिमुखीकरण गरिएको हो ।”

    अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममा प्रमुख लिलाधर पौडेलको संयोजकत्वमा ‘हस्पिटल ब्युटिफिकेसन कमिटी’ बनाएको छ । उहाँले यसले अस्पताललाई हरियाली, सफासँगै सेवाग्राही मैत्री बनाउन काम गर्ने बताउनुभयो । वातावरणीय रुपमा सरसफाइसँगै हरियाली बनाउन, सेवाग्राहीसँग राम्रो व्यवहार गर्न, सहज रुपमा सेवा प्रवाह गर्न, पूर्वाधारलाई सुन्दर बनाउने जस्ता काम कमिटीले गरिरहेको छ ।

    अस्पताल प्रमुख डा बगालेका अनुसार चिकित्सक स्वास्थ्यकर्मीलाई राम्रो व्यवहारका लागि अभिमुखीकरण, कम्तीमा १५ दिनमा एक पटक अभियानका रुपमा पूर्ण सरसफाइ र शौचालयहरुमा सरसफाइको रेकर्ड बोर्डमा राख्ने जस्ता काम अस्पतालले थालेको छ । उहाँले उपचार मात्र नभएर यससँगसँगै रहेका धेरै काम जसले सेवाग्राहीलाई प्रभाव पार्न सक्छ त्यससम्बन्धी काममा ध्यान पु¥याइएको बताउनुभयो ।

    समितिका संयोजक पौडेलका अनुसार अहिले १५ दिनको एक पटक बृहत् रुपमा सरसफाइ गरिँदै आइएको छ । अस्पताल परिसरमा एउटा बाल उद्यानसहित ६ साना उद्यानहरु छन् । दुबो लगाइएका ती उद्यानहरुमा हरियाली हुने बिरुवाहरु छन् । तिनीहरुको सरसफाइ, गोडमेल, छाँटकाँट जस्ता काम गरिँदै आइएको छ । यसका अतिरिक्त अस्पताल परिसरमा बिरुवाहरु लगाउने, छाँटकाँट, गोडमेल, भौतिक पूर्वाधारहरुमा रङ्गरोगन जस्ता कामहरु भइरहेका छन् ।

    यससँगै बिरामी र आफन्तहरु कुन भवनमा जाने हो त्यहाँ पुग्नका लागि सहज बनाउने काम भइरहेको छ । रङ्गहरुमार्फत सहजै जान चाहेको ठाउँमा पुग्ने गरी अस्पतालले व्यवस्थापन गर्दैछ ।  समितिका संयोजक पौडेलका अनुसार अस्पतालका कर्मचारीहरुबाट सेवाग्राहीसँगको व्यवहारमा सुन्दरता ल्याउने गरी काम भइरहेको छ । बिरामी र आफन्तहरुलाई अस्पतालभित्रका सूचना सहज बनाउने काम पनि गरिएको छ । शौचालयसहित अन्य ठाउँहरुमा सरसफाइको नियमित अनुगमनको काम पनि थालिएको छ । उहाँले भन्नुभयो, “कम खर्चमा फरकपना दिलाउने गरी हामी काममा लागेका छौँ ।” अस्पताल प्रशासनले अगाडि रहेको पुरानो भवन भत्काएर त्यहाँ पानीका फोहोरा, ढुङ्गेधार, बगैँचा बनाउने तयारी गरेको छ । कोही अस्पताल आउँदा जति नै तनाव लिएर आए पनि यहाँ छिरिसकेपछि वातावरणीय रुपमा शान्त बनाउने गरी काम गरिरहेका छौँ ।”

    बिरामीको उपचारसँगै उनीहरूले पाउने सम्मान, स्वच्छ वातावरण र सहज सेवा पनि अस्पतालको गुणस्तरको महत्वपूर्ण पक्ष भएकाले भरतपुर अस्पतालले सुरु गरेको यो अभियानले सेवा संस्कृतिमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

    यस अस्पतालमा विभिन्न जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । एकै दिनमा तीन हजार ८०० जनासम्म बहिरङ्ग सेवामा बिरामीले अस्पतालबाट सेवा लिएको तथ्याङ्क छ । रासस

    Post Views: 81
    प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार ०८:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.