• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ८, सोमबार १२:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हङकङ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । त्यसको प्रभाव एसियाली सेयर बजारमा समेत देखिएको छ ।

    एसियाली बजारको सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन् । दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकाङ्क एक दशमलव चार प्रतिशतले घटेको छ ।

    टोकियो, साङ्घाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ । सिड्नी, जकार्ता र बैङ्ककका बजार भने बढेका छन् । मनिला र क्वालालम्पुरका बजार स्थिर रहेका छन् ।

    यसैबीच, कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो बढिरहेका बेला अमेरिकी चिप निर्माता एनभिडियाको आगामी आम्दानी प्रतिवेदनप्रति पनि लगानीकर्ताको ध्यान केन्द्रित भएको छ ।

    एआई प्रविधिको तीव्र विस्तारले कम्पनीहरूको उच्च लगानीलाई निरन्तरता दिन सक्ने वा नसक्ने विषयमा लगानीकर्ता आशावादीसँगै चिन्तित पनि देखिएका छन् । एसपीआई एसेट म्यानेजमेन्टका स्टेफन इनिसले एआई क्षेत्रमा लगानी जारी रहे पनि त्यसको लागत बढ्दै गएको बताएका छन् । उनका अनुसार एनभिडियाले ठूलो लगानीबाट पर्याप्त प्रतिफल प्राप्त गर्न सक्ने क्षमता प्रमाणित गर्नुपर्ने चुनौती छ ।

    चिनियाँ प्रविधि कम्पनी अलिबाबाले पनि एआई क्षेत्रमा लगानी विस्तार गर्न आइतबार हङकङमा १० दशमलव दुई अर्ब अमेरिकी डलर बराबरको नयाँ शेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त रकम विश्वव्यापी एआई पूर्वाधार तथा प्रविधि विस्तारमा प्रयोग गरिनेछ ।

    हङकङको सेयर बजार सोमबार दुई प्रतिशतभन्दा बढीले घटेको छ । ‘फास्ट फेसन’ कम्पनी शिनले आगामी सेप्टेम्बर १ मा हङकङमा शेयर सूचीकरण गर्ने घोषणा गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएन । कम्पनीको सूचीकरणपछि यसको मूल्याङ्कन करिब २७ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

    यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि थप आर्थिक दबाब बढाउने योजनाबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिने अपेक्षा गरिएको छ । अमेरिकाले आफ्ना सहयोगी राष्ट्रसँगै चीनलाई पनि उक्त अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानमाथि आर्थिक दबाब बढाउने योजना ‘नाजुक नृत्य’ जस्तै भएको टिप्पणी गरेका छन् । अर्थमन्त्री बेसेन्टले पनि चीनलाई अमेरिकी अभियानमा सहमत हुन आग्रह गरेका छन् ।

    इरानसँग सम्बन्धित घटनाक्रमबीच ब्रेन्ट कच्चा तेलको मूल्य दुई दशमलव तीन प्रतिशतले घटेर प्रतिब्यारेल ९२ अमेरिकी डलर आसपास पुगेको छ । अमेरिकी कच्चा तेलको मूल्यमा पनि समान दरले गिरावट आएको छ ।

    लगानीकर्ताको ध्यान यस साता अमेरिकाको ज्याक्सन होलमा हुने केन्द्रीय बैंकका अधिकारी, अर्थशास्त्री तथा वित्तीय क्षेत्रका प्रमुखहरूको वार्षिक भेलातर्फ समेत केन्द्रित भएको छ । भेलाबाट अमेरिकी मौद्रिक नीतिको आगामी दिशाबारे थप सङ्केत प्राप्त हुने अपेक्षा गरिएको छ ।

    यसैगरी, अमेरिकी मुद्रास्फीति र बढ्दो सरकारी ऋणका कारण अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढेको छ । अमेरिकाको संघीय ऋण ४० ट्रिलियन अमेरिकी डलरभन्दा माथि पुगेको बताइएको छ । रासस

    Post Views: 93
    प्रकाशित मिति: २०८३ भाद्र ८, सोमबार १२:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.