विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापा समूहले अदालतलाई धम्क्याउनका लागि पूर्वमन्त्री एवम् कांग्रेस नेता दिपक खड्का माथि प्रहार गर्न थालेका छन् । सो समूहले खड्काले अदालतमा सेटिङ गरेको भन्दै आफू निकटलाई सामाजिक सञ्जालमा जथाभावी लेख्नेदेखि आफू निकट अनलाइनहरूमा एउटै समाचार प्रकाशन गर्ने गरेका छन् ।
विशेष महाधिवेशन अवैध रहेको भन्दै १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाका वारेस लिएर पुनरावलोकनको मुद्दा दर्ता गर्ने र अदालतले कांग्रेसको आधिकारिकता विवाद बारे पुनरावलोकनको निस्सा दिइसकेपछि थापा समूहको एकलौटी महाधिवेशन अगाडि बढाउने निर्णय रोक्न माग गर्दै रिट दर्ता गरेपछि उनीहरूले दिपक खड्कामाथि प्रहार गरेका हुन् ।
सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुषाल तथा महामन्त्रीद्धय प्रदीप पौडेल र गुरुराज घिमिरे बाहेकका सो समूहका सबै नेता कार्यकर्ता अदालतलाई धम्क्याउनका लागि खड्कामाथि प्रहार गर्न लागेका छन् । सो समूहकी केन्द्रीय सदस्य कुसुम थापाले अदालतको मानहानी हुने गरि नेता खड्कामाथि प्रहार गरेकी छन् । खड्काले राती राती न्यायधीशलाई भेटेर सेटिङ मिलाएको भनेर सामाजिक सञ्जालमा लेखेको विषयले अदालतको मानहानी भएको कतिपय अधिवक्ताले बताएका छन् ।
एक अधिवक्ताले कुसुम थापाको फेसबुक स्ट्याटसमा दिपक खड्कालाई प्रहार गरेपनि अदालतबाट सेटिङ भएको भन्दै अदालतलाई धम्की दिएको स्पष्ट रुपमा बुझ्न सकिने बताए ।
पूर्व सांसद समेत रहेकी कुसुम थापाले तल्लोस्तरमा उत्रिएर दिपक खड्कामाथि प्रहार गर्नुले गगन समूह कति हतास भएका छन भन्ने पनि पुष्टी भएको एक कांग्रेस नेताले बताएका छन् । उनले हतास भएर अदालतलाई दबाबमा राख्न सभापति देउवाको वारेसनामा लिएर सर्वोच्च अदालत पुगेका खड्कामाथि थापा समूहले मिडिया टायलदेखि साइबर आक्रमण गर्न लागेको बताए ।






