• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भूमि क्षयीकरण न्यूनीकरणका लागि अन्तरराष्ट्रिय साझेदारी र वित्तीय सहयोग आवश्यक

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ९, मंगलवार १६:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले भूमि क्षयीकरण, मरुभूमीकरण, खडेरी तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारी, प्राविधिक सहकार्य र नवीन वित्तीय संयन्त्र आवश्यक रहेको बताएका छन्।

    मङ्गोलियामा जारी संयुक्त राष्ट्रसङ्घीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी महासन्धि (युएनसिसिडी) को कोप–१७ मा नेपालको तर्फबाट सम्बोधन गर्दै सचिव मिश्रले हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दो भूमि क्षयीकरणले पारिस्थितिक प्रणाली, जैविक विविधता र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने बताए।

    नेपालले सन् २०३० सम्म भूमि क्षयीकरण तटस्थता (एलडिएन) हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले भूमि संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापनलाई राष्ट्रिय विकास योजनामा क्रमशः समावेश गर्दै आएको जानकारी दिए। सरकारका तीनै तहको सहकार्यमा भूमि संरक्षण, पुनःस्थापना तथा दिगो विकासका कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

    समुदायको सहभागितामा आधारित पुनःस्थापनालाई नेपालले प्राथमिकता दिँदै आएको उल्लेख गर्दै सचिव मिश्रले सामुदायिक वनमार्फत वन संरक्षण तथा क्षतिग्रस्त भूमिको पुनःस्थापनाबाट जैविक विविधता संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको जीविकोपार्जन सुधारमा उल्लेखनीय उपलब्धि हासिल भएको बताए।

    तर जलवायु परिवर्तनका कारण नेपालको संवेदनशील र भिरालो हिमाली भू–दृश्यमा भूमि क्षयीकरणका नयाँ कारक थपिँदै गएको उनको भनाइ थियो। वर्षाको बदलिँदो ढाँचा, आकस्मिक बाढी, माटो कटान, पहिरो, खडेरी तथा वन डढेलोजस्ता जोखिमले भूमि पुनःस्थापनाबाट हासिल उपलब्धिलाई कमजोर बनाइरहेको उनले बताए।

    भूमि क्षयीकरणका जोखिम व्यवस्थापन गर्न नेपालसँग उपलब्ध प्राविधिक तथा वित्तीय स्रोत पर्याप्त नभएको उल्लेख गर्दै सचिव मिश्रले अन्तर्राष्ट्रिय समुदायबाट थप सहयोग र सहकार्य आवश्यक रहेको बताए।

    उनले हिमाली तथा पर्वतीय क्षेत्रमा हुने भूमि क्षयीकरणले पारिस्थितिक प्रणाली, जैविक विविधता तथा स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्ने भएकाले वित्तीय स्रोतमा सहज पहुँच, प्रविधि हस्तान्तरण तथा स्थानीय समुदायसम्म वित्त र प्रविधिको प्रभावकारी पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

    ‘हामीलाई अझ बलियो प्रमाणमा आधारित ज्ञान, उपयुक्त तथा किफायती प्रविधि र सरकार, समुदाय, आदिवासी जनजाति, युवा, महिला, वैज्ञानिक, विकास साझेदार तथा निजी क्षेत्रलाई जोड्ने प्रभावकारी साझेदारी आवश्यक छ,’ उनले भने।

    भूमि संरक्षण तथा पुनःस्थापनाका कार्यक्रमलाई स्थानीय समुदायको आवश्यकता र भूगोलको वास्तविकतासँग जोड्नुपर्नेमा जोड दिँदै सचिव मिश्रले अन्तर्राष्ट्रियस्तरबाट प्राप्त वित्त तथा प्रविधि वास्तविक रूपमा भू–दृश्य पुनःस्थापना र जीविकोपार्जन सुधारमा संलग्न समुदायसम्म पुग्नुपर्ने बताए।

    नेपालले हिमाल तथा पर्वतीय क्षेत्रबाट प्राप्त हुने पारिस्थितिकीय सेवाको लाभ नेपालमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले भूमि क्षयीकरण रोक्न अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य आवश्यक रहेको बताए।

    यसै अवसरमा सचिव मिश्रले कोप–१७ आयोजना तथा आतिथ्य प्रदान गरेकोमा मङ्गोलिया सरकार तथा जनताप्रति आभार व्यक्त गरे। भूमि क्षयीकरण, मरुभूमीकरण, खडेरी तथा दिगो भूमि व्यवस्थापनका क्षेत्रमा निरन्तर नेतृत्व प्रदान गरेकोमा उनले युएनसिसिडी सचिवालयप्रति पनि धन्यवाद व्यक्त गरे।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार १६:१६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.