• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढी : चीनतर्फ पनि ठुलो क्षति, खोजी तथा उद्धार तीव्र पार्न राष्ट्रपति सीको निर्देशन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १०, बुधबार १५:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट दुवैतर्फ ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता भएकाहरूको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिएका छन्।

    तिब्बततर्फबाट आएको अचानकको बाढीले चीनको तिब्बत स्वायत्त क्षेत्रअन्तर्गत ग्यारोङ काउन्टीमा ठूलो क्षति पुर्‍याएको छ। बाढीसँगै आएको लेदो र पहिरोका कारण चीन–नेपाल सीमा क्षेत्रमा रहेको ग्यारोङ बन्दरगाहको सडक, सञ्चार तथा विद्युत् संरचनामा क्षति पुगेको छ।

    सिन्ह्वाको समाचारका अनुसार राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धारलाई तीव्रता दिन, राहत तथा उद्धारका लागि उपलब्ध सबै स्रोत र जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन्। उनले थप विपद्को जोखिम न्यूनीकरणका लागि जोखिमको निगरानी र पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन पनि जोड दिएका छन्।

    ग्यारोङ बन्दरगाह नेपालसँगको प्रमुख व्यापारिक स्थलमार्गमध्ये एक हो।

    नेपालतर्फ भने रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ। बाढीका कारण रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीलगायतका क्षेत्रमा सडक, बस्ती, सरकारी संरचना तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। नेपालतर्फ हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन्।

    बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी भन्सार क्षेत्र तथा विभिन्न जलविद्युत् आयोजनाका संरचनामा समेत क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालन भएका छन्।

    तिब्बत क्षेत्रमा रहेका हिमतालबाट अचानक पानी बाहिरिएपछि बाढी आएको हुन सक्ने आशंका गरिए पनि यसको कारणबारे हालसम्म आधिकारिक पुष्टि भएको छैन।

    Post Views: 139
    प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १५:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.