• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी पीडितलाई प्रधानमन्त्रीले भने :यो कठिन घडीमा सरकार तपाईंहरूसँगै छ’

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १०, बुधबार १९:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवासहितका क्षेत्रमा आएको भीषण बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले विपद्को यस कठिन घडीमा सरकार पीडित नागरिकको साथमा रहेको भन्दै धैर्य गर्न आग्रह गरेका छन्।

    सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिले देशलाई नै स्तब्ध बनाएको बताएका छन्। उनले बाढीमा परी हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको दुःखद खबर प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

    बाढीमा आफन्त, परिवार र सर्वस्व गुमाएका नागरिकप्रति समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उद्धार, खोजी तथा राहतलाई तीव्र बनाउन सरकारले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेको उनको भनाइ छ।

    प्रधानमन्त्री शाहका अनुसार बाढी आएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको थियो। त्यसपछि राष्ट्रिय परिषद् र मन्त्रिपरिषद्को बैठकमार्फत उद्धार, खोजी तथा राहत कार्य प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय गरिएको उनले बताएका छन्।

    बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिएको र उद्धार गरिएकामध्ये घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्।

    उनले अहिलेको अवस्थामा घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने कार्य सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

    घाइतेहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आकस्मिक उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताएका छन्।

    प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरी घाइतेको उद्धार तथा प्राथमिक उपचार भइरहेको जनाउँदै उनले सुरक्षा निकायका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसमेत तत्काल प्रभावित क्षेत्रमा पठाइएको बताए। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत संस्थाबाट पनि चिकित्सक, उद्धारकर्मी तथा स्वास्थ्य सामग्री पठाइएको उनले उल्लेख गरेका छन्।

    आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब तथा नेपाल स्काउटलगायत संस्थासँग निरन्तर समन्वय भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

    बाढी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग समेत परामर्श गरी स्थानीय तहमा आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको उनले बताए। घाइते तथा प्रभावित नागरिकको थप विवरण संकलन गर्ने काम जारी रहेको उनले जानकारी दिए।

    प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजीलाई थप तीव्र बनाइने र बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिने बताएका छन्। उनले रातभर नै उद्धार कार्य जारी रहने जानकारी दिँदै नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित क्षेत्र रहेको उल्लेख गरेका छन्।

    ती क्षेत्रमा प्रभावित परिवारका लागि तत्काल खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था गरिने उनले बताएका छन्।

    बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी आयोजनाको पुनर्निर्माणलाई प्राथमिकता दिई जनजीवन सामान्य अवस्थामा फर्काइने प्रधानमन्त्री शाहले बताएका छन्। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ।

    प्रधानमन्त्री शाहले पीडित नागरिकलाई सम्बोधन गर्दै राज्य आफ्ना सम्पूर्ण स्रोतसाधनसहित उनीहरूको साथमा रहेको बताएका छन्। उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने प्रतिबद्धता जनाउँदै उनले धैर्य गर्न आग्रह गरेका छन्।

    साथै उनले विपद्को यस कठिन समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको राहत तथा उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेका छन्।

    Post Views: 94
    प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार १९:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.