• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ११, बिहीबार ०८:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार तथा पुनःस्थापनाका लागि करिब १९ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

    आइएफआरसीले तत्काल १२ लाख अमेरिकी डलर अर्थात् करिब रु १८ करोड ९६ लाख २२ हजार सहयोग उपलब्ध गराउने जनाएको हो।

    महासङ्घका अनुसार रेडक्रसका स्वयंसेवकसहितको आपत्कालीन प्रतिकार्य टोली प्रभावित क्षेत्रमा परिचालन भइसकेको छ। टोलीले खोज तथा उद्धारसँगै प्रारम्भिक राहत वितरणको काम गरिरहेको छ।

    आइएफआरसीका महासचिव जगन चापागाईंले भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरिएको जानकारी दिएका छन्।

    सामाजिक सञ्जालमार्फत उनले आइएफआरसी नेपाल रेडक्रस र सम्बन्धित राष्ट्रिय निकायसँग समन्वय गरी आवश्यकताअनुसार समुदायमा थप सहयोग परिचालन गर्न तयार रहेको बताएका छन्।

    उनका अनुसार रेडक्रसका स्वयंसेवकहरू प्रभावित समुदायमा सक्रिय रूपमा खटिएर प्रारम्भिक राहत तथा आवश्यक सहयोग उपलब्ध गराइरहेका छन्।

    महासचिव चापागाईंले बाढीमा ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिस बेपत्ता भएको र भौतिक संरचनामा समेत क्षति पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ०८:२४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.