• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ११, बिहीबार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    महासचिव गुटेरेसका प्रवक्ताले जारी गरेको वक्तव्यमा बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै धेरै मानिसको मृत्यु, बेपत्ता र व्यापक भौतिक क्षति भएकोप्रति उनले दुःख व्यक्त गरेको उल्लेख छ।

    गुटेरेसले बाढीमा परी ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले विपद्बाट प्रभावित सबैप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरूसँग संयुक्त राष्ट्रसंघ साथमा रहेको बताएका छन्।

    नेपालमा संयुक्त राष्ट्रसंघले विपद्को प्रभावको मूल्याङ्कन गर्नुका साथै तत्काल आवश्यक सहायता उपलब्ध गराउन सरकारको नेतृत्वमा भइरहेको उद्धार तथा प्रतिकार्यमा सहयोग गरिरहेको वक्तव्यमा जनाइएको छ।

    बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्‍याउन संयुक्त राष्ट्रसंघका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेको महासचिव गुटेरेसले बताएका छन्।

    उनले जीवनरक्षाका लागि खटिएका आपत्कालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै प्रभावितलाई थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ तयार रहेको प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

    Post Views: 73
    प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ०८:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.