• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ११, बिहीबार ०९:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मकवानपुर । बाढी प्रभावित क्षेत्रमा गएका मकवानपुरका ४० जनासँग सम्पर्क हुन नसकेपछि उनीहरूको अवस्था बुझिदिन स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन्।

    मकवानपुरका विभिन्न स्थानबाट गोसाइँकुण्डलगायत बाढी प्रभावित क्षेत्रमा दर्शन तथा घुमघामका लागि पुगेका, सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूसँग सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले प्रशासनमा जानकारी गराएका हुन्।

    प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार आफन्तहरूले ४० जनाको अवस्थाबारे जानकारी लिन प्रशासनसमक्ष अनुरोध गरेका छन्।

    “मकवानपुर स्थायी बसोबास भएका, गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा घुम्न गएका, सवारीसाधन चलाउँदै आएका र विभिन्न पेशामा आबद्ध ४० जनासँग सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले जानकारी गराउनुभएको छ,” अधिकारीले भने।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले कतिपय व्यक्तिको अवस्थाबारे तत्काल जानकारी प्राप्त हुन नसकेको हुनसक्छ। प्रशासनले प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास गरिरहेको छ।

    प्रदेश राजधानीसमेत रहेको हेटौँडाबाट विपद् व्यवस्थापन, उद्धार तथा सहयोगका लागि आवश्यकताअनुसार सम्बन्धित युनिटहरू परिचालन भइरहेको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए।

    Post Views: 65
    प्रकाशित मिति: २०८३ भाद्र ११, बिहीबार ०९:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.