• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी–पहिरोका कारण देशभरका प्रमुख राजमार्ग अवरुद्ध, राति सवारी सञ्चालनमा रोक

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार ०७:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार उपत्यका प्रवेश गर्ने मुख्य नाकादेखि पहाडी जिल्लाहरू जोड्ने सडकसम्म आवागमन अवरुद्ध भएको छ।

    काठमाडौँको नागढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण गत भदौ १० गतेदेखि पूर्ण रूपमा बन्द गरिएको छ। यससँगै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने प्रमुख नाकामध्ये एकमा यातायात ठप्प भएको छ।

    इलामको मेची राजमार्गअन्तर्गत राजदुवाली क्षेत्रमा पनि अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडकबाट भने आवागमन गर्न सकिने जनाइएको छ।

    बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बागमती प्रदेशका विभिन्न प्रमुख सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। वीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ।

    त्यस्तै, कान्तिलोकपथको हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

    टोखा–छहरे सडकखण्डको घट्टेपुल क्षेत्रमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।

    यसैगरी, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड बाढीका कारण साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ। उक्त सडकखण्ड तत्काल सञ्चालनमा आउने अवस्था नरहेको प्रहरीले जनाएको छ। रसुवाका अन्य प्रमुख सडकहरू पनि साउन १० गतेदेखि बन्द अवस्थामा रहेका छन्।

    प्रहरीले बाढी, पहिरो तथा सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा चालकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

    Post Views: 82
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०७:५७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.